रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ।
आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।
हेङ्माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।
केही लाभग्राहीको खातामा रकम गइसके पनि केहीको बैंक खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडितको गुनासो छ।
जंगली हात्ती ध्रुवेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रूख काट्न अनुमति दिइएको छ।
बागलुङका १०० भन्दा बढी किसान किवी खेतीमा लागेका छन्। काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले यहाँ उत्पादित किवी बागलुङ बजार हुँदै चितवन पुग्ने बताउँछन्।
पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला देख्न सकिन्छ।
वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन युवाले सामूहिक माछापालन गरेका छन्।
शान्ति स्तूपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ।
नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ।
हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे शुरू भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार गरी प्रथम भएकी थिइन्।
देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्याउन निकै गाह्रो हुने गरेको किसानको भनाइ छ।
गोलभेँडा बिक्री नभएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवाका किसान मारमा परेका छन्। गोलभेँडा बारीमै कुहिन थालेको उनीहरूको गुनासो छ।
आवास निर्माण गरिएका स्थानका नागरिक पनि अपूर्ण आवासका कारण त्रिपालमै बस्न बाध्य छन्। प्रारम्भिक विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरमा क्षति भएको छ।
अहिले मह प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। बजारको समस्या छैन। घरबाटै मह बिक्री भइरहेको चोलादेवीले बताइन्।
माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन्। ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ।
एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि भने चहलपहल बढेको छ।
खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिने गरेको छ। यसबापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन्।
म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत शहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन्।