AnonymousUser

Logout

१० करोडसम्मको वैदेशिक लगानी स्वीकृतका लागि स्वचालित प्रणाली लागू उद्योग विभाग

चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरू गरिने छ।

'ए' डिभिजन लिग : शेर्पालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लियो थ्री स्टार

थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ। उसको १० खेलबाट १८ अंक पुगेको छ।

ठमेलबाट १ किलो कोकिनसहित भारतीय र केनियन नागरिक पक्राउ

बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।

सुडानमा जारी द्वन्द्वमा ३३० जनाको मृत्यु, खाद्यान्न र स्वास्थ्य सेवा संकटको सामना गर्दै नागरिक

सुडानमा शनिबारदेखि जारी भिडन्त छैटौँ दिनसम्म पनि जारी छ। द्वन्द्वका कारण खार्तुममा खाद्यान्न अभाव, खानेपानी र विद्युत् आपूर्तिमा समस्या भइरहेको स्थानीयले जनाएका छन्।

आयात–निर्यात दुवै घट्यो

गत वर्षको चैतसम्म १ खर्ब ६० अर्बको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्बमा खुम्चिएको छ।

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ९८ करोडमा सीमित

बुधबार वृद्धि बिहीबार कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन। कूल ३२ लाख नौ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ मूल्यमा खरिद बिक्री भएका छन्। 

एसीसी प्रिमियर कप : सिंगापुरको लगातार दोस्रो हार

सिंगापुर बहराइनसँग १३२ रनले पराजित भएको छ। बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्या प्राथमिकतामा पर्छ : मन्त्री शर्मा

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका विषय प्राथमिकतामा पर्ने उनको भनाइ छ।

मातातीर्थ औँसी

आमाको सम्झना

आज आमाको मुख हेर्ने दिन। काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेको घुइँचो लागेको छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाले भक्तजनलाई स्नान गर्ने व्यवस्था मिलाएको छ। यसपटक पाँच लाखभन्दा बढीले मातातीर्थ मेला भर्ने अनुमान छ। तस्वीर : फोटो लाइब्रेरी\r\n

पोषराज, गुणाकर र विश्वनाथ अर्थमन्त्रीको विज्ञ समूहमा

अर्थमन्त्री प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गरेका छन्। 

बेटिसका कप्तान सान्चेजले सिजनको अन्त्यमा संन्यास लिने

रियल बेटिसका कप्तान जोआकिन सान्चेज रोड्रिग्वेजले सिजनको अन्त्यमा संन्यास लिने घोषणा गरेका छन्।

जाजरकोटमा बेलिब्रिज भाँचिँदा ९ जना घाइते

जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ९ जना घाइते भएका छन्।

एसीसी प्रिमियर कप : मलेसियासँग साउदी ८ विकेटले पराजित

समूह ‘ए’ को दोस्रो खेलमा मलेसियाले साउदीलाई ८ विकेटले पराजित गरेको छ। साउदीले दिएको १५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

कर्णालीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

पुस २७ गते माओवादी केन्द्र र एमालेबीच कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ७ राख्ने सहमति भएको थियो। 

ठेक्का अलपत्र पार्ने १५ निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। 

राहुल गान्धीको अपिल सुरत अदालतद्वारा खारेज, उच्च अदालत जाने

मानहानि मुद्दामा सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएपछि गान्धीले फैसला खारेजीको मागसहित सुरत अदालतमा निवेदन गरेका थिए। जसलाई अदालतले बिहीबार खारेज गरिदिएको छ।

यमनमा रमदानको भिडमा च्यापिएर ७८ जनाको मृत्यु

रमदानको दान वितरण कार्यक्रमको भिडमा च्यापिएर उनीहरूको मृत्यु भएको हो।

अन्नपूर्ण हिमालमा हराएका भारतीय आरोही ३ दिनपछि भेटिए, अवस्था गम्भीर 

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। 

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान मृत्यु

दुर्घटनामा गौशाला नगरपालिका–११ का श्रवणकुमार महतो र विक्रम महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ करोड ‘ठगी’, १० जना पीडित सम्पर्कमा 

भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर कास्की, दाङ, मोरङ, रुकुमलगायत जिल्लाका नागरिकलाई ठगेको पाइएको प्रहरीले जनाएको छ।