AnonymousUser

Logout

भारत र चीनसहित एशियाली देशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

अत्यधिक तापक्रमका कारण केही स्थानमा मानिसको मृत्यु भएको छ भने केही स्थानमा विद्यालयहरू बन्द गरिएका छन्। केही वर्षयता अत्यधिक तापक्रम मापन भइरहेको भारतका लागि यो वर्ष थप खराब रहने विज्ञले जनाएका छन्।

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र इन्टर मिलान सेमीफाइनलमा 

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र बार्यन म्युनिखले १–१ तथा इन्टर मिलान र बेन्फिकाले ३–३ गोलको बराबरी खेलेका थिए।

बेइजिङस्थित अस्पतालमा आगलागी : २९ जनाको मृत्यु, १२ पक्राउ 

मृतकमध्ये अधिकांश अस्पतालमा भर्ना भएका बिरामी रहेको बताइएको छ। ७१ जनाको सकुशल उद्धार गरिएको थियो। 

रियलसँगको हारपछि थियागो सिल्भाले किन गरे चेल्सी व्यवस्थापकको आलोचना?

रियलसँग पराजित भएपछि चेल्सीका कप्तान थियागो सिल्भा क्लबको व्यवस्थापनप्रति रूष्ट देखिए। उनले क्लबको यो नतिजको जिम्मेवार खराब ट्रान्सफर रणनीतिले ड्रेसिङ रूममा ल्याएको बेमेल रहेको आरोप लगाए।

यस वर्षको मध्यसम्म भारतको जनसंख्या चीनकोभन्दा करीब ३० लाख बढी हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण

राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) द्वारा बुधबार सार्वजनिक जनसांख्यिक विवरण अनुसार यसवर्षको मध्यसम्म भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख र चीनको १ अर्ब ४२ करोड ५७ लाख हुनेछ।

एसीसी प्रिमियर कप : ओमानको विजयी शुरूआत

बुधबार सम्पन्न समूह 'ए' को पहिलो खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको छ। ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतारले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन मात्र बनायो।

वृत्य र रोहनको शतकमा कुवेतविरुद्ध यूएईको जित

यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। यूएईलाई विशाल स्कोरमा पुर्‍याउन वृत्य अरविन्दले १८५ र रोहन मुस्तफाले ११८ रन बनाए।

नेप्सेमा दोहोरो अंकको सुधार, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले सुधार भएको छ। कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमाले सांसदको माग  

एमाले सांसद सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषिभूमि समाप्त पार्ने बाटो खुल्ने बताएकी छन्। 

फक्स न्युजले ७८७.५ मिलियन डलरमा सुल्झायो डोमिनियनसँगको मानहानी मुद्दा 

फक्स न्युजको मानहानि मुद्दा समाप्त भएको भने छैन। अर्को चुनावी प्राविधिक कम्पनी स्मार्टम्याटिक्सले समेत फक्समाथि मानहानि मुद्दा चलाएको छ।

वृत्य र रोहनको दोहोरो शतकीय साझेदारीमा यूएईद्वारा कुवेतलाई ३७२ रनको लक्ष्य

यूएईका वृत्यले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

त्रिभुवन विमानस्थल बिहीबार राति १ बजेदेखि ७ घण्टा बन्द हुने 

विमानस्थलमा अनलाइन यूपीएस जडान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्न लागिएको हो।  

राष्ट्रियसभा अध्यक्षसहितको ८ सदस्यीय टोली रुस प्रस्थान

रुस भ्रमणका क्रममा त्यहाँका दुवै सदनका प्रमुख, सरकारी उच्च अधिकारीसहित नौ जना विशिष्ट व्यक्तित्वसँग भेट हुने अध्यक्ष तिमिल्सिनाले बताएका छन्।

इन्टरपोलद्धारा ५ अर्ब डलर बराबरको लागूऔषध बरामद, आपराधिक गिरोहका १५ हजार सदस्य पक्राउ 

सांगठनिक अपराध र लागूऔषध तस्करीका प्रमुख क्षेत्रलक्षित अनुसन्धानका क्रममा पछिल्लो तीन सातामा इन्टरपोलले २०३ टन कोकिन र अन्य लागूऔषध  बदामद गरेको छ।

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो। 

त्रिवि शिक्षण अस्पतालमा दशौँ बिरामीमा कलेजो प्रत्यारोपण

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।

प्रधानन्यायाधीशको सिफारिस हुन सकेन, संवैधानिक परिषद् बैठक निष्कर्षविहीन

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल भए पनि कुनै निर्णय भने नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन्।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक जारी

यसअघि एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भएको छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। 

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्ली लगिँदै

पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ। 

सुडानमा युद्धविरामका बाबजुद हिंसा जारी, २०० सर्वसाधारणको मृत्यु

सेना र अर्धसैनिक बल दुवै पक्षले आ–आफ्नो नेतृत्वमा सरकार चलाउने अडान लिएसँगै सुडानमा हिंसा चर्किएको छ।