AnonymousUser

Logout

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, चेल्सी पराजित

रियल मड्रिड क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।

रवि लामिछाने गृहमन्त्री हुँदा गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय मन्त्रिपरिषद्‍बाट खारेज

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरे‍को जानकारी दिइन्।

अन्नपूर्ण हिमालमा एक आरोहीको मृत्यु

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्। 

मिटरब्याज पीडित

मिटरब्याज पीडितको धर्ना

प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका छन्। राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भएको उनीहरूको गुनासो छ। सोमबार शान्तिवाटिकाबाट सिंहदरबारतर्फ गइरहेको शान्तिपूर्ण जुलुसमा प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले जनाएको छ।

‘ए’ डिभिजन लिग : एनआरटीसँग खुमलटार पराजित

एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक/एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।

प्रश्न उठेपछि राष्ट्रपतिले फिर्ता गरे पूर्वसभामुखका रूपमा लिएको गाडी

सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन्।

नेप्सेमा कारोबार रकम ८७ करोडमा खुम्चियो

मंगलबार २६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता शेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन्।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, थपिए १७१ संक्रमित

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

भारतमा खुल्यो एप्पलको पहिलो स्टोर, सीईओ टिम कुकले गरे उद्घाटन

भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ।

गृहमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षा निकायलाई शक्तिकेन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकाय र गृह प्रशासन शक्तिकेन्द्र या राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताएका छन्।

एसीसी प्रिमियर कप : कुशल र भीमको शतकीय साझेदारीमा मलेसियामाथि नेपालको जित

कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले उठाए मलदेखि सडक निर्माणसम्मका विषय

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाएका छन्।

एसीसी प्रिमियर कप : बाबरको शतकमा हङकङको जित

सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय : सांसद डाँगी

सांसद डाँगीले वायु प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताइन्। 

बाटोलाई आधार बनाइ जग्गाको मूल्यांकन गर्न नीति पुनरावलोकन गर्नुपर्छ : चित्रबहादुर केसी

सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए।

द्वन्द्वपीडित परिवारको माग : हाम्रा श्रीमान् किन मारिए, जान्न पाऊँ

द्वन्द्वपीडित परिवारका सदस्य शोभा बीसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्।

प्रधानमन्त्रीले गरे काठमाडौँ–तराई/मधेश द्रुतमार्गको अवलोकन

निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले तराई/मधेश द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए।

मिटरब्याज पीडितको माग तत्काल सम्बोधन नभए आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि नै निर्मम भएको भन्दै निन्दा गरेका छन्। 

पुटिनका कट्टर आलोचकलाई २५ वर्ष जेल सजाय

युक्रेनमा आक्रमण गरेयता रुसले कुनै पनि विपक्षीलाई पहिलो पटक यति लामो समयका लागि जेल सजाय तोकेको हो।

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए।