अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।
रमदान
इस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र देशभर मनाइँदै छ। इदुलफित्र मुस्लिम समुदायका धर्मावलम्बी एक महिना रोजा व्रत बसेर मनाउने गर्छन्। काठमाडौँको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन्। रमदान अर्थात् रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र मनाइरहेका छन्। \r\n\r\n
प्रधानमन्त्री दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रहेको बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरूलाई मान, सम्मान गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन्।
भारतीय स्मार्टफोन प्रयोगकर्तालाई आकर्षित गर्ने रणनीति एकातिर छ भने अर्कोतिर अमेरिका र चीनबीचको बढ्दो दूरीका कारण चीनको निर्भरता कम गर्ने पक्षमा एप्पल रहेको बताइन्छ।
बाँकको भेरी अस्पताल नेपालगन्जमा कोभिड–१९ भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ छ।
ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद्ले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेकाले कारबाही गरिएको जनाएको छ।
बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।
अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन्। काठमाडौँ कंक्रिटको शहरका रूपमा परिचित छ।
हिमाल आरोहण
सगरमाथा आरोहीहरू शनिबार सगरमाथा, ल्होत्से र नुत्से हिमालको आधारशिविरमा। सगरमाथा आरोहणका लागि आठ भारतीय र चार पोल्यान्डाका नागरिक सहितको टोली चैत २१ र २२ गते काठमाडौँबाट प्रस्थान गरेका थिए। उक्त टोली सगरमाथा आधारशिविरमा चैत २८ र २९ मा पुगेको हो। आरोहण दलका सदस्य विवेक पाण्डेका अनुसार मौसमले साथ दिए आरोहीहरूको जेठको पहिलो हप्ता सगरमाथा आरोहण गर्ने कार्यक्रम रहेको छ। “सगरमाथा आरोहणपछि १२ सदस्यमध्ये सात जनाले ल्होत्से हिमाल पनि आरोहण गर्दै छन्,” पाण्डेले उकालोलाई बताए। शनिबार विदेशी आरोहीहरूलाई ६०९० मिटरमा रहेको लाबुचे पिकमा तालिमका रूपमा आरोहण गराइएको थियो। शेर्पाहरूले आरोहीहरूलाई आइसवालमा तालिम गराउनुका साथै भर्याङको ब्रिजमा हिँड्न सिकाएको थियो। ल्होत्से र नुत्से आधारशिविरबाट उकालोलाई आरोही दलका सदस्य पाण्डेले पठाएका तस्वीरहरू:
बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिक पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।
इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ।
१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ।
इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।
अर्थमन्त्री महतले खर्च नगरे पनि हुने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुने बताएका छन्।
दैनिक ५ सयदेखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।
सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारसहितका स्थानको फोहोर उठाउन आदेश दिएको छ।