१७ हजार ६०४ मत गन्न बाँकी हुँदा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ९५२ मत छ।
दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, २४ वर्षीय राजकुमार प्रजा र चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।
यादव नौ हजार ८७० मतसहित अगाडि छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहा दोस्रो स्थानमा छन्। उनले छ हजार ७७१ मत पाएका छन्।
लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५६ मत प्राप्त गरेका छन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन्।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले फ्लाइ दुबईको जहाज दुर्घटनाबाट बचेको बताए। विमानले महेन्द्रनगर सीमा पार गरिसकेकाले विमान नर्मल अवस्थामा रहेको आफूहरूले ठानेको उनको भनाइ छ।
अस्ट्रेलियाका प्रधानमन्त्रीले सुरक्षा क्षेत्रमा बजेट वृद्धि, स्वदेशी हतियार निर्माण र लामो दूरीसम्म प्रहार गर्ने रकेट प्रणाली, गोलाबारुद निर्माण तथा भण्डारणसम्मका योजना अघि सारेका छन्।
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ लाई संशोधन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।
पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ।
जितसँगै एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको एपीएफले ५ जित, २ बराबरी र ५ हार बेहोरेको छ।
तीनवटा समितिको सभापति एमालेले लिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। यो खेल फिफा डेअन्तर्गत खेल्न लागिएको एन्फाका प्रवक्ता सुरेश शाह जानकारी दिए।
रवि लामिछानले १ हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले १ हजार १३३ मतसहित पछ्याइरहेका छन्।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायमै राखेका छन्।
चितवन–२ मा १ हजार १५५ मतसहित अग्रता लिएका रवि लामिछानेलाई एमालेका रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन्।
सोमबार २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ३३ हजार २१३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार ३९३ मा खुम्चिएको छ।
बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता लिएका छन्। उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले यादवले ५७१ मतसहित पछ्याइरहेका छन्।
अमेरिका विश्वकै सबैभन्दा बढी सैन्य खर्च गर्ने मुलुकका रूपमा रहेको छ। सन् २०२२ मा ८७७ बिलियन डलर खर्च गरेको छ।
कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना थालिएको छ।