युक्रेनको हवाई रक्षा प्रणालीले २३ मध्ये २१ वटा क्षेप्यास्त्र र दुई वटा ड्रोनलाई हानेर खसालिदिएको अधिकारीहरूले जनाएका छन्।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी वित्त व्यवस्थापनमा चुनौती देखिएपछि अनुदान रकम कटौती गर्ने निर्णय गरेको थियो।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार बिहान शपथ गराएका हुन्।
युद्धविरामका बाबजुद राजधानी खार्तुममा भिडन्त जारी छ। त्यहाँको अवस्था जतिबेला पनि खराब हुनसक्ने ह्वाइट हाउसले जनाएको छ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा सांसद कोइरी फरार छन्।
महानगरले विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ।
रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन र युरोपमा १८ करोड टन कच्चा तेल निर्यात गरेको थियो।
यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
२०३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनायो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताएका छन्।
एपीएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेन्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई नियुक्त गरेका छन्।
सुडानमा १५ अप्रिलयता जारी हिंसाका कारण हालसम्म सैनिक र सर्वसाधारण गरी ४५९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यस्तै, ४ हजारभन्दा बढी घाइते भएको बताइएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत समूह 'बी'को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेशका लागि नेपालसँगको भेट पक्का गरेको छ।
अमेरिकी आणविक हतियार सहितका पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्न र सोललाई आफ्नो आणविक परियोजना सञ्चालनमा सहभागी गराउन वासिंगटन सहमत भएको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन्।
विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्राध्यापकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय सच्याउन माग गर्दै शिक्षा विभागको कार्यकक्षमा तालाबन्दी गरिएको छ।
एसीसी प्रिमियर कपमा नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कतारलाई पराजित गरेको छ। नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ।
प्याच नामक कुकुरले आइओवा राज्यको ड्रेक विश्वविद्यालयमा सम्पन्न ‘ब्युटीफुल बुलडग कन्टेस्ट’मा उपाधि जितेको छ।
यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै नेपालमै उत्पादित तथा ‘एसम्बल’ भएका सवारीसाधन दर्तासम्बन्धी बाधा फुकाएको छ।