AnonymousUser

Logout

आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्छः विष्णु पौडेल

नेकपा एमालेका सांसद विष्णु पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आर्थिक मन्दीलाई छोप्न खोजिएको आरोप लगाएका छन्।

विमानको पाङ्ग्रा अड्किँदा भैरहवाको उडान प्रभावित 

काठमाडौँ उडेको श्री एअरलाइन्सको विमान फेरि भैरहवा नै फर्काउनु परेपछि भैरहवा विमानस्थलका सबै उडानहरू केही बेर प्रभावित भएका छन्। अहिले विमानस्थल सामान्य अवस्थामा आइसकेको छ।

स्वतन्त्र सांसद अमरेश सिंहले कमिज खोलेपछि सभामुखले दिए कारबाहीको चेतावनी

प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै आफ्नो स्थानबाट उठेका सांसद अमरेशकुमार सिंहले आफ्नो कमिज र भित्री लुगा खोलेका थिए। तर, सभामुखले कारबाहीको चेतावनी दिएपछि उनले कमिज लगाए।

काठमाडौँ महानगरले निकाल्यो माइतीघर मण्डल र नयाँ सडक क्षेत्रका अव्यवस्थित तार

काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डल र नयाँ सडक क्षेत्रबाट अव्यवस्थित तार निकालेको छ। यो अभियान काठमाडौँ महानगरपालिकाभरि चलाइने जनाइएको छ।

भारतको केरलामा पर्यटक सवार डुंगा डुब्दा २१ जनाको मृत्यु

भारतको केरलामा पर्यटक सवार डुंगा आइतबार साँझ पल्टिँदा २१ जनाको मृत्यु भएको छ। मलप्पुरम जिल्लाको तुवलतिरममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।

सोमबारबाट प्रतिनिधिसभा बैठकमा 'प्रि-बजेट' छलफल

सोमबार बिहान ११ बजे  संघीय संसद् भवनमा बस्ने बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल शुरू हुनेछ। यो 'प्रि-बजेट' छलफल वैशाख २७ गतेसम्म चल्नेछ।

भियतनामको तापक्रम अहिलेसम्मकै उच्च ४४ डिग्री सेल्सियस

भियतनामलगात त्यस क्षेत्रमा पर्ने थाइल्यान्ड, म्यानमारका विभिन्न ठाउँमा पनि उच्च तापक्रम मापन गरिएको छ। बंगलादेश र भारतका केही स्थानको तापक्रम पनि लगातार बढिरहेको बताइएको छ।

सिरिया १२ वर्षपछि अरब लिगमा सामेल

अरब लिगका विदेशमन्त्रीहरूको बैठकले सिरियालाई संगठनबाट निलम्बन गरेको १२ वर्षपछि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सिरियालाई संकटबाट निकाल्न यस्तो कदम चालिएको बताइएको छ।

न्युकासलको घरेलु मैदानमा आर्सनलको जित, वेष्टह्यामसँग युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि होडमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ।

अमेरिकाको ओरिगनमा भेटियो तीखा दाँत भएको माछा

ठूला आँखा र तीखा दाँत भएको माछा समुद्रमा करिब ३२२ किलोमिटरसम्म बगेर आएको बताइएको छ। 

'ए’ डिभिजन लिग : एपीएफविरुद्ध मछिन्द्र विजयी

जितसँगै मछिन्द्र १५ खेलमा ६ जित, ६ बराबरी र तीन हारको नतिजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन: गभर्नर अधिकारी

गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर काम गर्न खोजे समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्ने बताएका छन्।

संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर

एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिरको जग्गा घोटाला लगायतका प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।

छानबिनमा सरकारको हस्तक्षेप नहोस्, निर्दोषलाई फसाउने प्रयास नगरियोस् : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न र बयान नफेराउन सरकारलाई सचेत गराएको बताएका छन्।।

रेलिगेसन जोनबाट उक्लिन सकेन संकटा

मछिन्द्रका फरवार्ड मनिष डाँगी र विंगर आयुष घलानसहित स्टार खेलाडी उतारेको संकटाले यस सिजनका १५ मध्ये ४ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा चित्त बुझाएको छ।

आरजु राणाले भनिन् : केही बिराएकी छैन, डराउँदिनँ

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले गलत काम नगरेकाले आफू नडराउने बताइन्।

राष्ट्रियसभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणविरुद्ध किन पक्राउ पुर्जी जारी भएन?

सांसद देवेन्द्र दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए।

आईपीएलमा दीपकले लिए ५६८ दिनमा पहिलो विकेट

दीपक चाहरले चोटका कारण पछिल्लो सिजन खेल्न पाएनन् र फ्रान्चाईजीले उनलाई कुनै पनि खेल नखेलेर १४ करोड भारू तिर्नुपरेको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : प्रेम सुवाल

नेमकिपाका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गर्न नपाउने बताएका छन्।

‘क्यान्टनमेन्ट’ घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रधानमन्त्रीलाई लिङ्देनको चुनौती

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वाइडबडीकाण्ड, ललितानिवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।