AnonymousUser

Logout

भारतको पन्जाबमा ग्यास लिक हुँदा ११ जनाको मृत्यु

बेहोस भएका पाँच जनालाई अस्पताल लगिएको छ। लुधियानास्थित एउटा किराना पसलबाट विषालु ग्यास लिक भएको हो। 

पहिरो खसेपछि संखुवासभामा थुनियो अरुण नदी

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलमा पहिरो गएपछि आइतबार बिहानदेखि अरुण नदी थुनिएको हो।

चियाको गुणस्तर हेर्न इलाममा विदेशी व्यापारी, अर्थोडक्स चिया प्रतिकिलो १० हजार रुपैयाँमा बिक्री 

चिया टेस्टिङका अवसरमा नेपालमा पहिलो पटक लिलामीबाट अर्थोडक्स चिया बिक्री गरिएको छ। ‘डेमो अक्सन’मार्फत प्रतिकिलो १० हजार रुपैयाँमा चिया बिक्री भएको हो।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी भएकामा बधाई दिएका छन्।

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, १ गम्भीर

काठमाडौँबाट झापातर्फ गइरहेको कार आइतबार बिहान चार बजे दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। 

आइतबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना छ।

रियल मड्रिडले अल्मेरियालाई हरायो, बेन्जेमाको ह्याट्रिक

ला लिगामा दोस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ६८ अंक जोडेको छ। शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ७९ अंक छ।

रविलाई संसदीय दलको नेता बनाउन डोलप्रसाद अर्यालले दिए पदबाट राजीनामा

पार्टी सभापति लामिछाने नै रास्वपा संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका आधारमा आफूले पदबाट राजीनामा दिएको अर्यालले बताएका छन्।

राष्ट्रपति पौडेललाई एम्सले आइतबार डिस्चार्ज गर्न सक्छ : दूतावास

एम्समा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आइतबार डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

 कोरोना संक्रमणबाट एकको मृत्यु, ३६१ जना सक्रिय संक्रमित

शनिबार एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

'ए' डिभिजन लिग : वर्षाका कारण शनिबारका खेल स्थगित

काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण शनिबारलाई तय भएका शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गतका खेल प्रभावित भएका छन्।

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

मौसमविद् गोविन्दकुमार झाका अनुसार कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ।

आफूलाई जित्न च्छोरोल्पा पदयात्रा

यात्राको सन्नाटामा तपाईं रुखहरू बोलिरहेका, नदी र खोलाहरू गाउँदै गरेका भेट्नुहुने छ। अनि सबभन्दा बढी तपाईं आफूलाई भेट्नु हुनेछ। पदयात्रामा जब आफू भेटिन्छ, निश्चित छ तपाईंको यात्रा सार्थक भो।

डीएल मेथडमा ओमानलाई पराजित गर्दै यूएई फाइनलमा, उपाधिका लागि नेपालसँग खेल्ने

डीएल मेथडमा ओमानलाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। यूएईले उपाधिका लागि नेपालसँग खेल्ने छ।

अयोग्य लडाकुलाई २ लाख दिन ल्याइएको कार्यविधि खारेजीको माग गर्दै प्रधानमन्त्रीको पुतला दहन

राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।

वर्षाका कारण कुवेतविरुद्धको खेल नतिजाविहीन, नेपाल फाइनलमा

एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा कुवेतविरुद्धको खेल वर्षाको कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ।

खरबुजाकाे सिजन

गर्मीसँगै बढ्यो खरबुजाकाे बिक्री

गर्मीयाम शुरू भएसँगै बजारमा खरबुजाको बिक्री बढेको छ। काठमाडौँका फलफूल पसलहरूमा खरबुजा किन्नेको चहलपहल बढेको देख्न सकिन्छ। बजारमा अहिले खरबुजाकाे मूल्य प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको व्यावसायीले बताएका छन्।

राजु स्याङतानको कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक

कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ। कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।

एसीसी प्रिमियर कप : कुवे‍तविरुद्ध करण केसीले लिए ५ विकेट, वर्षले रोकियो खेल

कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।

भ्रष्टाचार अनुसन्धानमा पाँचवर्षे हदम्याद स्वीकार्य छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको अनुसन्धानका लागि पाँचवर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।