गोल्डेन रिट्रिभर प्रजातिको कुपर नामको कुकुर हराएको २७ दिनपछि पुरानो मालिक फोटोग्राफर निगेल फ्लेमिङकहाँ पुगेको छ।
रुसको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनमा १९ वटा अग्ला आवासीय भवन, २५ वटा नीजि घर, ६ वटा अन्य विद्यालयसहित पाँच वटा पसलमा क्षति पुगेको बताइएको छ।
कीर्तिपुरमा वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल हुने सम्भावना न्यून बनेको छ। यदि आज खेल हुन नसके मंगलबार आजकै खेलले निरन्तरता पाउने छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल पुन: शुरू भएको छ। वर्षाले आधा घन्टा खेल रोके पनि ओभर घटाइएको छैन।
एसीसी प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र यूएईबीचको फाइनल वर्षाका कारण रोकिएको छ। खेल रोकिनुअघि बलिङमा रहेको नेपालले यूएईलाई दबाबमा राखेको छ।
श्रमिक दिवस
सोमबार १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। हरेक वर्षको अंग्रेजी महिनाको मे १ मा श्रमिक दिवस मनाइने गरिन्छ। श्रमिक दिवस सन् १८९० देखि मनाउन शुरू गरिएको हो। सन् १८८९ मा फ्रान्सको पेरिसमा विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठक सम्पन्न भएको थियो। सोही बैठकले विश्वभर श्रमिक दिवस मनाउने निर्णय गरेको थिए। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो। त्यसैको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ। नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ। देशमा विभिन्न कार्यक्रम गरेर श्रमिक दिवस मनाइरहँदा श्रमिकहरूलाई दिवसले छोएन। दिनभर काम गरेर छाक जुटाउन उनीहरू नियमितजस्तो आफ्नो काममा व्यस्त देखिए। तस्वीरहरू : किसन पाण्डे
मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्।
एसीसी प्रिमियर कपको उपाधि विजेता टोलीले भारत र पाकिस्तानसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ। तर, वर्षाले 'रिजर्भ डे'मा समेत खेल नहुने अवस्था आए वरीयतामा अगाडि रहेको नेपाल एशिया कपमा पुग्नेछ।
जिप ओरालो कच्ची बाटोमा अचानक ब्रेक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए।
मुम्बईमा अढाई महिनाको उपचारपछि आइतबार काठमाडौँ आइपुगेका कांग्रेस नेता भण्डारीले सातै प्रदेशमा १/१ वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
कृषिमन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि लगानी गर्न सरकारले कन्जुस्याइँ गरेको बताएका छन्।
इमर्जिङ कप जुलाईमा हुनेछ। उक्त प्रतियोगितामा नेपाल, ओमान र यूएईसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशको ए टोलीले भाग लिने छन्।
१५ दिनदेखि जारी युद्धमा सैनिक र सर्वसाधारण गरी ५२८ जनाको मृत्यु भएको र चार हजार ५०० सय घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।
बार्सिलोना यामलले क्लबमा निरन्तरता दिनेमा विश्वस्त छ, उनलाई व्यावसायिक सम्झौता प्रस्ताव गर्ने र उनको भविष्य सुरक्षित गर्दिने बचन पनि दिएको छ। यद्यपि, यामलसँग जमाल मुसियालाजस्तै अरू क्लब जाने विकल्प छ।
आइतबार २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भयो।
राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नेपाल फर्किन लागेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर व्यवसायीले होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग गरेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टी र पहुँचवालालाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन्।
पेले फाउन्डेसनले सञ्चालन गरेकाे अभियानले एक लाख २५ हजार मानिसको हस्ताक्षर संकलन गरेपछि शब्दकोशमा समावेश गर्ने निर्णय भएको हो।