आफ्नै घरमा बन्धक बनाइएकी भक्तपुर सूर्यविनायक–३ बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेसँग राष्ट्रिय मानव अधिकार आयोगको टोलीले डेढघण्टा सोधपुछ गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउन खोज्नु रहस्यमयी भएको बताएका छन्।
सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन्।
बुधबार मस्कोस्थित एउटा सरकारी भवनमा आगलागी र विस्फोटको भिडियो सार्वजनिक भएको थियाे। यसलाई मस्कोले पुटिनको हत्या प्रयासका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।
नाटकमा कलाकारले परीको संघर्षरत दन्त्यकथा प्रस्तुत गर्न खोजेका छन्। नाटक वैशाख २४ सम्म मञ्चन हुनेछ।
बोर्डको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले थप १३ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो। आशयपत्र पाएका कम्पनीले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्नेछ।
अर्घाखाँचीमा रहेका रायमाझी बिहीबार रुपन्देही आइपुगेको र उनलाई पक्राउ गर्ने तयारी भएको प्रहरीका एक वरिष्ठ अधिकृतले जानकारी दिए।
दिउँसो कोशी, मधेश र बागमतीलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा बुधबार कांग्रेसका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।
वैशाखे झरी
काठमाडौँ उपत्यकामा केही दिनदेखि वर्षा जारी छ। लगातारको वर्षाले सर्वसाधारणलाई हिँडडुल गर्नसमेत गाह्रो भइरहेको छ। पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण वैशाखमा पनि जाडोको अनुभव भइरहेको छ।
मंगलबार रातिदेखि परेको भारी वर्षाले रुवान्डाको उत्तरी र पश्चिमी प्रान्तमा ठूलो क्षति पुर्याएको छ। वर्षा नरोकिएकाले बाढी प्रभावितको उद्धारमा कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यम आरबीएले जनाएको छ।
हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औँ खेलमा यो कीर्तिमान बनाएका हुन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ।
हिमालयन शेर्पासँग १-० ले हारेर 'ए' डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको सातदोबाटो चौँथो स्थानमा खुम्चिएको छ।
भुटानी शरणार्थी समस्या सुल्झाउन गृह मन्त्रालयद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै मोटो रकम लिएर नेपाली नागरिकलाई ‘भुटानी शरणार्थी’मा सूचीकृत गरिएको थियो।
आफ्नै घरभित्र बन्धक बनाइएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई तत्काल उद्धार गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन परेको छ।
गैरभुटानीलाई शरणार्थीका रूपमा अमेरिका लैजाने घटनामा संलग्न देखिएको भन्दै प्रहरीले एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने तयारी गरेको छ।
भारतमा आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले पनि सहभागिता जनाउने भएको छ। प्रतियोगितामा कुवेतसँगै भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी हुनेछन्।
नेपाली कांग्रेसका तीन जनालाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्री बन्नेमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू छन्।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा संलग्न रहेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे काठमाडौँको जडिबुटीबाट पक्राउ परेका छन्।