एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा पुगेको छ। आगामी सेप्टेम्बरमा हुने एशिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन्।
गुलशनले १६ मार्च २०२३ मा किर्तिपुरमा भएको यूएईविरुद्धको खेलमा करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्नमा राईको मुख्य भूमिका रहेको प्रहरीको भनाइ छ।
सभामुखले तोकेका दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।
मंगलबार यूएईले सोमबारकै स्थितिदेखि खेल शुरू गरेको हो। तर, यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा अलआउट भयो।
बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ।
वर्षा र चट्याङका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
जितपछि बैंगलोर १० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको लखनउ तेस्रो स्थानमा छ।
कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट र आमनागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने जिकिर गरे।
सन् १९८५ मा स्थापित फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औँ ठूलो बैंक थियो। तर, गत मार्चमा सेयरमा ९७ प्रतिशतभन्दा बढी गिरावट आएसँगै बैंकमा वित्तीय संकट देखिएको थियो।
सहमतिपछि अध्यक्ष पुनले सोमबारबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरूलाई जागरूक गर्न आन्दोलन गर्ने बताए।
सोमबार दिउँसो बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई पुनः दलको नेता चयन गरेको छ।
चीनका ३२२ वटा शहरका अस्पतालका करिब २ लाख बिरामीहरूमा भएको अध्ययनले वायु प्रदूषणले मुटुको चाल अनियमित गराउने, हृदयाघात र पक्षाघातको जोखिम बढाउने औँल्याएको छ।
प्रदेश र स्थानीय तहबाट ४ हजार बढी आयोजनाका लागि १ खर्ब ४२ अर्ब रुपैयाँ माग गर्दै प्रस्ताव पेस भएकोमा बजेटको सीमाभित्र रहेर करिब २० प्रतिशत आयोजना छनोट गरिएको योजना आयोगले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूमाथि छानबिन गर्ने दाबी गरेका छन्।
बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको छ।
थापाहिटीमा डोरीले तान्न सक्ने र रथ मिलाउन नसकिने भएपछि क्रेनको सहायता लिएको मच्छिन्द्रनाथको रथ निर्माणका मुख्य नाइके दिलकुमार बाराही बताउँछन्।
रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।
ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
वर्षका कारण प्रभावित भएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल–यूएईबीचको खेल मंगलबार हुने भएको छ। खेल सोमबारकै (१०६–९/२७.३ ओभर) स्थितिमै शुरू हुने बताइएको छ।