किराँत राई यायोक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरूको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताए।
नेपाल र उत्तरपूर्वी अस्ट्रेलियास्थित टापुराष्ट्र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ।
मिटरब्याज पीडितले आफ्ना माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
विज्ञले नेपालमा यो वर्षा कम भई खाद्य संकट निम्तिन सक्ने भन्दै पूर्वतयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन्।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।
रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका छन्।
बिहीबार आयोगको टोली अनन्तमायाको घरमा पुगेको थियो। टोली फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका छन्।
मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि लेकतिर लाग्ने चलन छ।
पर्व
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व शुक्रबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। यसै अवसरमा राजधानीको गोकर्णमा किराँतीहरूले उँभौली मनाएका छन्।
शिक्षक युनियनका प्रतिनिधिले अपराधी पक्राउ नपर्दासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। आन्तरिक मन्त्री राना सानाउल्लाह खानले अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्।
प्रागऐतिहासिक कलाकृति एक विशेष व्यक्तिको अनुवांशिकसँग मिलेको यो अहिलेसम्मकै पहिलो खोज भएको बताइएको छ।
जितसँगै कोलकत्ता आठौँ स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनी सिजनको हावापानीको पूर्वानुमान सार्वजनिक गर्दै सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत औँल्याएको छ।
बिहीबार सम्पन्न १४औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि होडमा पुनरागमन गरेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमितका कारण एकको मृत्यु भएको छ भने ४३ संक्रमित थपिएका छन्।
सबैभन्दा धनी विश्वका १० खेलाडीको सूचीका आठ जनाले गत वर्ष मात्रै कूल १०० अर्बभन्दा बढी कमाएको फोर्ब्स पत्रिकाले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले कार्यालय समयमा तास खेलिरहेका नगर प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
कानूनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।