AnonymousUser

Logout

आरजु राणाले भनिन् : केही बिराएकी छैन, डराउँदिनँ

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले गलत काम नगरेकाले आफू नडराउने बताइन्।

राष्ट्रियसभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणविरुद्ध किन पक्राउ पुर्जी जारी भएन?

सांसद देवेन्द्र दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए।

आईपीएलमा दीपकले लिए ५६८ दिनमा पहिलो विकेट

दीपक चाहरले चोटका कारण पछिल्लो सिजन खेल्न पाएनन् र फ्रान्चाईजीले उनलाई कुनै पनि खेल नखेलेर १४ करोड भारू तिर्नुपरेको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : प्रेम सुवाल

नेमकिपाका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गर्न नपाउने बताएका छन्।

‘क्यान्टनमेन्ट’ घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रधानमन्त्रीलाई लिङ्देनको चुनौती

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वाइडबडीकाण्ड, ललितानिवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

द्विपक्षीय सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री दक्षिण कोरियाको भ्रमणमा

जापानी प्रधानमन्त्री फुमिओ किशिदा सम्बन्ध सुधारका लागि भन्दै दक्षिण कोरियाको दुई दिने भ्रमणमा निस्किएका छन्।

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ

एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौँको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर लगायतका क्षेत्रबाट पक्राउ गरिएको बताए। नागरिकता प्राप्तिपछि उनीहरू घर–जग्गा किनेर व्यापार–व्यवसाय गरेर बस्दै आएका थिए।

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ: अर्थमन्त्री

मन्त्री डा. महतले पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए। आर्थिक नीतिमार्फत पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

कांग्रेस सांसद आचार्य आइतबार बिहान महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएका थिए।

अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन : प्रधानमन्त्री

‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’मा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएको बताएका छन्।

अमेरिकाको टेक्सासमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

टेक्सासको डालस शहरस्थित सपिङ मलबाहिर एक जना बन्दुकधारीले शनिबार राति अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा ती बन्दुकधारीसमेत मारिएका छन्। 

अदालतको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको छ : बालेन

खोला छोप्ने कार्य वर्जित भएको र यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरले चालेका कुनै पनि कदम खेर नगएको प्रमुख शाहले बताएका छन्।

कांग्रेसका सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त, महिन्द्रराय यादवको जिम्मेवारी फेरियो

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनको शपथ आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ। 

भारतको मणिपुरमा जातीय हिंसा, ५४ जनाको मृत्यु

मे ३ मा मणिपुर उच्च अदालतले गैरआदिवासी मेइती समुदायलाई जनजातिमा समावेश गर्नका लागि १० वर्ष पुरानो सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि आन्दोलन उग्र बनेको हो।

मुगुमा हिमपहिरो : यार्सा खोज्न गएका जुम्लाका ३ जनाको मृत्यु

यार्सा संकलनका लागि जुम्लाको पातारासीबाट गएका १५ जनामध्ये हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। उनीहरू छ दिन लगाएर मुगुको च्यार्खु लेक पुगेका थिए।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

रियल मड्रिडले ९ वर्षपछि जित्यो कोपा डेल रेको उपाधि

गएराति भएको फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल च्याम्पियन बनेको छ। रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे। 

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन नपर्ने सत्तारूढ गठबन्धनको निष्कर्ष

सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः संसद्बाट विश्वासको मत लिन आवश्यक नपर्ने निष्कर्ष निकालेको छ।

आर्थिक भार घटाउन तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : गगन थापा

स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सके मात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने कांग्रेस महामन्त्री थापाले बताए।

बेलायतका राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर आबीमा पहिरिए राजमुकुट

बेलायतका राजा चार्ल्स तृतीयले लन्डनको चर्चित चर्च वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा राजमुकुट पहिरिएका छन्।