ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सहयोगमा जेठ अन्तिम साता महोत्सव गर्ने तयारी छ।
सोमबार सांघाईको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।
अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका हान्दै चेन्नाईलाई उपाधि दिलाए।
काठमाडौँको कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमा बताए।
बजेटको दुरुपयोग गरिएको भन्दै चर्को आलोचना भएपछि दुई वर्षअघि हटाइएको यो कार्यक्रम ब्युँताउन सांसदहरूले दबाब दिँदै आएका थिए।
दरबारभित्र
राजसंस्था हटेको १५ वर्षपछि फेवाताल किनारमा अवस्थित रत्न मन्दिर सर्वसाधारका लागि खुला भएको छ। गणतन्त्र स्थापना भएको १६ वर्षपछि पोखरामा तत्कालीन राजा तथा राजपरिवार पोखरा आउँदा विश्राम गर्ने ठाउँ सर्वसाधारणका लागि खुला भएको हो। रत्न मन्दिर तत्कालीन राजपरिवारको नाममा थियो। १११ रोपनी क्षेत्रफलमा फेलिएको रत्न मन्दिर नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ। तस्वीरहरू: श्याम रानामगर/उकालो
आगामी आर्थिक वर्षको बजेटमा ठूला आयोजानाको शीघ्र र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। यसको लागि विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्ति छरितो बनाइने छ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब दिने भएको छ। यो रकम गत आर्थिक वर्ष छुट्याएको रकमभन्दा कम हो।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका छन्।
सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यकता नभएका २० वटा संस्था खारेज गर्ने बजेटमा उल्लेख छ।
सरकारको सक्रियता
सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको छ। सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभमुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो। उक्त अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै राजस्व संकलन हुने अनुमान भएको बताए।
रास्वपा समानुपातिक सांसद बिन्दवासिनी कंसाकारलाई सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन्।
दुई वर्षअघिको बजेटबाट खारेज गरिएको सांसद विकास कोष भनिने पूर्वाधार विकास साझेदारी कार्यक्रम यसपटकको बजेटबाट फेरि ब्युँतिने भएको छ। एउटा निर्वाचन क्षेत्रमा कम्तीमा १ करोड विनियोजन गरिँदैछ।
करिब ४१ वर्ष अघि विद्युत् लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएको लगायतका माग स्थानीयले राखेका छन्।
गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यको स्वामित्वमा रहेका रत्न मन्दिरसहित सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। गणतन्त्र आएको १५ वर्षपछि मात्र रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको हो।
“कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने सोच्नु हुँदैन। नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन्।”
विलुप्त विद्रोह जलवायु समूहका एक हजार ५७९ जनालाई डच प्रहरीले पक्राउ गरेको छ। तीमध्ये ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने बताइएको छ।
रेशम चौधरी २०७४ फागुन १५ गतेदेखि जेलमा थिए। राष्ट्रपतिबाट सजाय माफी भएर रिहा हुँदा उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।