युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको भन्दै पूर्वी युरोपका मुलुकहरूले गुनासो गरेपछि ईयूले प्रतिबन्ध लम्ब्याउन भनेको छ।
सगरमाथा आरोहण गरेर गएको टोलीले बिहीबार बिहान ५: ४५ बजे कञ्चनजंघा हिमालको सफल आरोहण गरेको छ।
सेभिया सातपटक फाइनल पुग्दा सातपटक नै च्याम्पियन बन्न सफल भएको छ। रोमा दुईपटक फाइनल पुगे पनि उपाधि भने जित्न सकेको छैन।
पहिचान धनीलाई पनि चाहिन्छ, गरिबलाई पनि चाहिन्छ। पहिचानका लागि मान्छेहरू बेचैन हुन्छन् र ती पृथकतावादी आन्दोलनसम्म पुग्न सक्छन्।
अत्यधिक गर्मीका कारण इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले विद्यालयमा बिदा दिएका छन्।
सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा. अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहने गरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।
मछिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा फर्किएको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्याको उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।
फेवातालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दर्ता भएको छ। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्न बिहीबारका लागि पेशी तोकिएको छ।
एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरूलाई फर्स्ट इस्ट्यान्ट बडीले लाइसेन्स दिने गरेको छ।
‘कवि विमल गुरुङ कृति पुरस्कार–२०७९’का लागि २०७९ सालमा प्रकाशित हरेक पुस्तक चार प्रति विमल गुरुङ स्मृति पुस्तकालयको ठेगानामा पठाउनु पर्नेछ। पुरस्कारको राशी २ लाख रुपैयाँ छ।
२०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको पूर्वअर्थमन्त्री डा. खतिवडाले बताए।
सार्वजनिक लेखा समितिमा हालसम्म नयाँ र पुराना गरेर १२१ वटा उजुरी फर्स्योट हुन बाँकी देखिएका छन्।
अजिंक्य रहाणे यसपटककाे आईपीएलमा लयमा फर्किएका छन्। उनले रन मात्र बनाएका छैनन्, स्ट्राइक रेट पनि उत्कृष्ट छ। त्यसैले पाँच वर्षपछि भारतकाे एक दिवसीय टाेलीमा स्थान बनाउन सक्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको हो। दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
बलेफी गाउँपालिका– २ नौबिसेका प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अनिल माझीको घटनास्थलमै मृत्यु भएको छ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन्।
उत्तर कोरियाले प्रक्षेपण गरेको पहिलो स्याटलाइट अन्तरिक्ष नपुग्दै समुन्द्रमा खसेपछि दक्षिण कोरिया र जापानमा सावधानीको चेतावनी दिइएको छ। स्याटलाइट अमेरिकी सेनाको जासुसीका लागि प्रक्षेपण गरिएको थियो।
युनिभर्सिटी अफ टेक्सासले कुनै पनि व्यक्तिको मस्तिष्कमा चलिरहेको कुरा पढ्न सक्ने एआई मोडल बनाएको दाबी गरेको छ।