AnonymousUser

Logout

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना छुटे

उच्च अदालत पाटनबाट पक्राउविरुद्ध पहिल्यै ‘स्टे–अर्डर’ लिएका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली रिहा भएका छन्।

मेयर शाहसँग स्पष्टीकरण माग्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण माग गरेको थियो। प्राधिकरणको उक्त निर्णयविरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

तत्काल सरकार ढल्छ भन्नु अफवाह मात्रै: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको प्रस्ट्याइन्।

दबाब थेग्न नसकेर स–साना आयोजनाको बजेट संघबाटै विनियोजन गर्‍यौँ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताएका छन्।

साफमा नेपालको सान्त्वना जित

बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।

‘क्षेत्राधिकार बाहिरबाट निर्णय गर्दा संसदीय समितिका निर्देशन कार्यान्वयन हुन सकेनन्’

संविधानविद् खिमलाल देवकोटाले चर्चाको विषयलाई समितिले छलफल गरेर निर्देशन दिइहाल्ने परिपाटी, निर्णयमा गाम्भीर्य र गुणस्तर हुन नसक्नु पनि निर्देशन कार्यान्वयन नहुनुका कारण रहेको बताए। 

मंगलबार उच्च अंकले बढेको शेयर बजारमा ५ अर्ब ४७ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।

संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्त हुने कानूनमन्त्री गुरुङको दाबी

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको चर्चा चलिरहेका बेला मन्त्री गुरुङले संवैधानिक अधिकारभित्रै रहेर न्यायाधीश नियुक्ति हुने दाबी गरेका छन्।

अलिबाबाका संस्थापक ज्याक मासहितको टोली काठमाडौँमा

अलिबाबाका संस्थापक एवं चिनियाँ व्यापारी ज्याक मासहितको टोली काठमाडौँ आएको छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त शाह पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीको टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँका स्ववासीलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको छ: मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले काठमाडौँका स्ववासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।

ट्रम्पले रक्षा मन्त्रालयको गोप्य दस्तावेजबारे सहयोगीसँग छलफल गरेको अडियो सार्वजनिक

दुई मिनट लामो अडियोमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले ‘यी तिनै कागजात हुन्’ भन्दै अमेरिकी रक्षा संयन्त्रको मुख्यालय पेन्टागनको अति–गोप्य योजनाबारे आफ्ना सहयोगीमाझ चर्चा गरेको सुनिन्छ।

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने र रिसाउने समस्या: स्वास्थ्य मन्त्रालय

सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन आमाबुबा तथा अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ। 

एक दिवसीय विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल अहमदाबादमा

अक्टोबर ५ देखि शुरू हुने विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्। 

अर्थमन्त्रीको प्रष्टीकरण– जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

निर्वाचन कार्यालय स्वतन्त्र अस्तित्वको रहने जिकिर गर्दै अर्थमन्त्री महतले प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरे।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।

एमाले र रास्वपाको अवरोधपछि संसद् बैठक स्थगित 

एमाले र रास्वपाका सांसदले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएका छन्।

अस्ट्रेलियाको संग्रहालयबाट फिर्ता ल्याइँदै पुरातात्त्विक महत्त्वका कलाकृति 

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।

झापामा ट्रकले कारलाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, ५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–९ मा ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार बाबुछोरीको मृत्यु भएको छ।

श्रीलंका र थाइल्यान्डबीच पाँचौँ चरणको एफटीए वार्ता जारी

सोमबार शुरू भएको वार्ताले आसियान देशमा विशेष ध्यानकेन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रसँग आर्थिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा छ।