टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो।
कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा छलफल हुने बताए।
जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा पारित नहुने बताए।
छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझावसमेत दिए।
योग्य र क्षमतावान् मान्छेको एउटा प्रतिबद्ध समूह राजनीतिक दलका रूपमा आयो भन्ने कुराको जानकारी जनताले पाइसकेको लामिछानेले बताएका छन्।
दुई पटकको एक दिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित नेपालले पहिलो पटक खेल्न लागेको हो।
पार्टी प्रवेश गरेसँगै शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।
चीनको उत्तरपश्चिमी शहर निङ्जियास्थित एक रेस्टुरेन्टमा ग्यास ट्यांकीको भल्भ बदल्ने क्रममा विस्फोट भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
आगामी वर्ष कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुर्खेतमा रंगशाला निर्माण भइरहेको छ।
बाढीपहिरोले बाढीपहिरोले बाटो, सडक र पुल बगाएपछि ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।
गलैँचा उद्योगमा करिब दुई लाख श्रमिकले रोजगारी पाइरहेका छन्। गत आर्थिक वर्ष नेपालले १० अर्ब ६२ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात गरेको थियो।
बाढी, पहिरो तथा नदीको बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
उच्च अदालत पाटनको आदेशसँगै काठमाडौँ महानगरले हस्तक्षेप गरेर बन्द गराएको शैक्षिक मेला गर्न हिसानलाई बाटो खुलेको छ।
पीडित लेनदेन संघर्ष समितिका नाममा माइतीघरमा प्रदर्शनमा उत्रिएका मिटरव्याजीहरूले लेनदेन कारोबार सहज गर्नुपर्ने, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम नै फिर्ता हुनुपर्ने लगायत माग राखेका छन्।
अहिले साइबर अपराध सम्बन्धी शुरू कारबाही काठमाडौँ जिल्ला अदालतबाट हुने गरेको छ। त्यस्तै, बैंकिङ कसुरका मुद्दाहरूको शुरू कारबाही उच्च अदालतबाट हुने गरेको छ।
कुवेतका लागि कप्तान खालिद हजिया, शबइब अल-खल्दी र मोहम्मद अब्दुल्लाहले गोल गरे। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल फर्काए।
योग दिवस
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। २१ जुन २०१५ देखि यो दिवस मनाउन थालिएको हो। योग र ध्यानको विषयलाई सरकारले प्राथमिक तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समावेश गर्ने लक्ष्य लिएको छ।
मन्त्री किरातीले दाबी गरेजस्तो उनी आएपछि मात्र निगमले सञ्चालन नाफा गरेको होइन। गत आर्थिक वर्ष पनि निगमको सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो।
गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो।