AnonymousUser

Logout

चार यारहरूले बैंक लुटेजसरी बजेट लुटेर लगे : सीके  राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले बैंक लुटेजसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको टिप्पणी गरेका छन्।

बजेट सच्याएर ल्याउन सरकारसँग राप्रपाको माग

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीलाई कांग्रेस सांसदले भने : हेक्का रहोस्, यो गठबन्धनको सरकार हो

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

लोकसेवा आयोगले पाठ्यक्रममा समयानुकूल सुधार गर्नुपर्छ: उपराष्ट्रपति

बौद्धिक जनशक्ति विदेश पलायन भइरहेकाले त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न आयोगले भूमिका खेल्नुपर्ने उपराष्ट्रपति यादवले बताएका छन्। 

शून्य समयमा सांसदको ध्यानाकर्षण– नागरिक मर्कामा छन्, सरकारको उपस्थिति देखियोस्

सांसदहरूले समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राखेका छन्। नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको उनीहरूको भनाइ छ।

नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालन, दोलखा, रामेछाप र सिन्धुलीको विद्युत् आपूर्ति सुधार हुने

नयाँ खिम्तीमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी सबस्टेसन निर्माण गरेको थियो। तर, त्यहाँ स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि व्यवस्था नभएपछि अर्को सबस्टेसन बनाइएको हो।

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

दुई दिनको सुनुवाइपछि समितिले कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ। अब, राष्ट्रपतिले नियुक्त गरेपछि उनी प्रधानन्यायाधीश हुनेछन्।

ब्याडमै सुक्न थाल्यो धानको बिउ

हिले ब्याड बनाएर बिउ राख्ने पाल्पा रामपुरका किसानले यसवर्ष धुले ब्याड राखेका छन्। तर, धूले ब्याडको बिउसमेत सुक्न थालेको उनीहरूको गुनासो छ। 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर जारी

बैठकमा कार्कीले प्रश्नको जवाफ दिइरहेका छन्। समितिका सदस्यहरूले मुद्दा सुनुवाइ नहुने, राजश्वका मुद्दामा राज्यलाई पराजित गर्ने, एउटै मुद्दामा फरकफरक फैसला गर्ने गरेकोलगायत प्रश्न गरेका थिए। 

काबेली नदीमा बाढी: ताप्लेजुङमा पुल र घर बगायो, बस्ती नै जोखिममा

काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्ने मोटरेबल पुल बगाएको छ। याम्फुदिनका दुईवटा बस्ती, स्वास्थ्य/प्रहरी चौकी र विद्यालय जोखिममा परेका छन्।

मेलम्ची बाढी प्रभावित अझै अस्थायी टहरामा, आवास पुनः निर्माण अलपत्र

२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५५१ घर बगाएको थियो। २६ जनाको ज्यान गएको थियो। विस्थापित भएकाहरू पुनर्वासको पर्खाइमा छन्। 

नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएशिया भिड्ने

गएराति भएको दोस्रो सेमिफाइनलमा इटालीलाई २–१ ले पराजित गर्दै स्पेनले फाइनलमा क्रोएशियासँगको भेट पक्का गरेको छ। 

भारतले घटायो भटमास र सूर्यमुखी तेल आयातमा भन्सार

भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रुसलगायत देशबाट आयात हुने गरेको छ।

भ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो निर्देशन दिएको हो। 

कोशी प्रदेशमा अध्यादेशमार्फत ल्याइयो ३६ अर्ब २४ करोडको बजेट

आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ।

यात्रुहरू चढाउने/ओराल्ने स्थान तोक्न काठमाडौँ महानगरले बनायो कार्यदल

महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए।

प्रतिनिधिसभाका विषयगत समितिमा यथाशीघ्र सभापति चयन गर्न सांसदहरूको माग

प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा निर्वाचित सभापति नहुँदा कामकारबाही आफ्नो ढंगबाट अगाडि बढ्न नसकेको बताउँदै सांसदहरूले यथाशीघ्र सभापति चयन गर्न माग गरेका छन्।

मेयर शाहले कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्साबारे सत्ता र प्रतिपक्ष सांसदको भिन्न प्रतिक्रिया

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सालाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदले फरक फरक धारणा राखेका छन्।

अस्ट्रेलियाको संसद्मा सिनेटरमाथि यौन आक्रमण, आरोपी सांसद निलम्बित

अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा परेको पुष्टि गरेको थियो।