AnonymousUser

Logout

घरजग्गा कारोबारबाट प्राप्त लाभमा पुँजीगत लाभकर नै अन्तिम : राजस्व विभाग

आन्तरिक राजस्व विभागले घरजग्गामा प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ।

विश्वकप छनोट : शायनको शतकमा अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायो। अमेरिकाका शायन जहानगिरले अविजित रहँदै १०० रन बनाए।

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

नेप्से परिसूचक मंगलबार २६.५६ अंकले ओरालो लागेर २०६४.८३ अंकमा सीमित भएको छ।

राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने देखिएकाले पेसमेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा. पौडेलले बताएका छन्।

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना, चार जना गम्भीर घाइते

दुर्घटनामा मन्त्री सिंहसहित चार जना गम्भीर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

सरकारलाई सभामुखको निर्देशन : बजेट पुस्तिकाका त्रुटि तत्काल सच्याउनू

एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।

घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखद: प्रेम चलाउने

सरकारले आफूलाई नसोधीकन मुद्दा फिर्ता लिइएको भन्दै आपत्ति जनाएका उपप्राध्यापक प्रेम चलाउने घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए।

विपद्का घटनाबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌मा २ सदस्य नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिक्षित पराजुली र हरिनाथ ढकाललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌ सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।

उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिवि इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्यसहित सात जनाको समूहले आक्रमण गरेको थियो।

रथयात्रा

काठमाडौँमा जगन्नाथ रथयात्रा

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन को आयोजनामा काठमाडौँको कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै वसन्तपुरसम्म रथयात्रा निकालिएको छ। हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ।  यस वर्ष आयोजित रथयात्रा नेपालको २७औँ हो। भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कलियुगका रूपमा समेत हिन्दु धर्मावलम्बीहरूले मान्ने गरेका छन्।

गौतम बुद्ध विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक: राजदूत श्रीवास्तव

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ। 

नागरिकता

नागरिकता माग्दै गरिएको प्रदर्शनमा झडप

नागरिकताविहीन संघीय समिति र प्रहरीबीच झडप भएको छ। काठमाडौँको माइतीघरमा नागरिकताविहीन संघीय समितिका सदस्यहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। नागरिकता विधेयक पारित भएलगत्तै सर्वोच्च अदालतमा परेको रिटमार्फत नागरिकता वितरण रोकिएपछि नागरिकताविहीन संघीय समितिले माइतीघरमा धर्ना दिँदै आएको छ। उनीहरूले आफूहरूले नागरिकता पाउनुपर्ने माग गरेका छन्।

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

११ महिनामा काठमाडौँ महानगरको राजश्व ८ अर्ब 

महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।

सिरियाको सडक किनारमा बम विस्फोट, ५ सैनिकको मृत्यु

सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। 

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा नबनोस्’

प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।

यूएईमाथि श्रीलंकाको सहज जित, हसरंगाले लिए ६ विकेट

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।