AnonymousUser

Logout

खाद्य बाली उत्पादन बढ्दा फलफूल र मसला उत्पादन घट्यो: राष्ट्र बैंक

राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार दूध र मासु उत्पादन वृद्धि हुँदा अण्डा उत्पादन भने ठूलो मात्रामा घटेको छ।

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै परेको रिट खारेज

रवि लामिछानेले राहदानी दुरुपयोग गरेको, प्रक्रिया नपुर्‍याएर नागरिकता जारी भएको लगायत कारण उनको सांसद पद खारेजीको माग गर्दै युवराज सफल पौडेलले गत जेठ १० गते रिट दर्ता गरेका थिए। 

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

प्रतिनिधिसभामा मत विभाजन हुँदा विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। विपक्षमा एमाले, रास्वपा, राप्रपालगायतले मत दिए।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका दुई कर्मचारीलाई हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने बजेटको व्यवस्था संसोधन, अब यथावत रहने

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार पुन: बसेको प्रतिनिधिसभा बैठकमा बजेटको व्यवस्था संसोधन गरिएको र अब हालकै व्यवस्था अनुसार जिल्ला निर्वाचन कार्यालय कायम रहने जानकारी गराएका छन्।

नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले घट्दा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

बुधबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले ओरालो लागेर ४०२.७५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर बढेको छ।

प्रतिनिधिसभा बैठक: खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

२७ सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेकामा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। बाँकी प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। 

‘मर्सिनरी’ विद्रोह प्रयासपछीको रुसी महासंघ

पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।

प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थाले: प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको प्रधानमन्त्री दाहालको दाबी छ। 

ललिता निवास प्रकरणबारे सीआईबीले भन्यो– मुद्दा दर्ता हुन्छ, अगाडि बढ्छ 

सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो।

एसीसी यू-१६ इस्टर्न जोन कप: नेपाल एक खेल अगावै सेमिफाइनलमा

बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

३० दिनभित्र विवरण बुझाउन सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

तोकिएको समयभित्र विवरण नबुझाए कानूनबमोजिम कारबाही गर्ने महानगरले जनाएको छ। मेयर बालेन शाहले सहकारी सुशासनका लागि सदस्यको निरन्तर निगरानी आवश्यक रहेकाे बताएका छन्।

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ।

हेवाखोलाको 'डाइभर्सन' बाढीले बगायो, मेची राजमार्ग पुनः अवरुद्ध  

असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार 'डाइभर्सन' बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।

वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको बेलारुसको आरोप

मस्कोको सेना र रुसमा विद्रोह गर्ने वाग्नर समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बेलारुसका शक्तिशाली नेता लुकाशेन्कोले दाबी गरेका छन्। 

कस्तो छ बुधबारको मौसम?

मधेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

साफमा भारतलाई रोक्दै कुवेत बन्यो समूह विजेता

भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।

विश्वकप छनोट : आयरल्यान्डसँग युएई पराजित

आयरल्यान्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।

सरकारले सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने

मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात फरार

पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका निजी सुरक्षा अधिकृत सई सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि उनी फरार भएको जानकारीमा आएको थियो।