AnonymousUser

Logout

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो

गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो।

होन्डुरनको महिला कारागारमा दंगा भड्किँदा ४१ कैदीको मृत्यु

दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भड्किँदा एउटा समूहले जेलको सेलमा आगो लगाइदिएपछि अधिकांशको जलेर मृत्यु भएको छ। कतिपयलाई भने गोली लागेको छ र केहीलाई छुरासमेत हानिएको छ।

टाइटानिक डुबेको ११२ वर्षसम्म पत्ता नलागेका चार रहस्य

टाइटानिक हिउँको विशाल ढिस्कोमा ठोक्किएर डुबेको थियो। इंग्ल्यान्डको साउथ ह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको यो पानीजहाज पहिलो यात्रामा नै डुब्दा एक हजार ५०० जनाको मृत्यु भएको थियो।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

चलाउनेमाथि २०७७ असोज २० गते नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समिति अध्यक्ष हरी आचार्य तथा योगेन्द रावलसहितका पाँच जनाले आक्रमण गरेका थिए।

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

पछिल्ला घटनाक्रममा बालेनले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले राजीनामा दिएको अर्यालले बताएकी छन्।

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

उद्योगले २०७४/७५ मा एक लाख छ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गरेर १६ करोड ३६ लाख नाफा कमाएको थियो। यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांकले देखाएको छ। 

प्रदेशका मन्त्रीको निधन भए प्रतिनिधिसभा बैठक स्थगित हुने

बुधबार बस्ने प्रतिनिधिसभा बैठक सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ। 

योगसम्बन्धी अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ: प्रधानमन्त्री

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९:०६ मिनेटमा अवतरण भएको हो। जहाज चीनको छेन्दुबाट १३० जना यात्रु बोकेर पोखरा आएको हो।

टाइटानिक हेर्न गएका पर्यटक चढेको पनडुब्बी बेपत्ता, खोजी तीव्र

टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा बेलायत र पाकिस्तानका पाँच जना धनाढ्य सवार छन्। पनडुब्बीको खोजीका लागि अन्तर्राष्ट्रिय विमान र जहाजहरू प्रयोग गरिएको 'यूएस कोस्ट गार्ड'ले जनाएको छ।

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

संयुक्त राष्ट्रसंघको निर्णयअनुसार २१ जुन २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। 

‘एनसेलले खरिद–बिक्री सम्झौता दिएकै छैन, यस्तो पनि करदाता हुन्छ?’

“आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एनसेलले कर तिर्नुपर्दैन भनेर ढुक्कै थिए। सर्वसाधारणको दबाबसँगै कर प्रशासनमै कतिपयले लाग्छ भन्ने व्याख्या गरेपछि एनसेलविरुद्ध कर निर्धारण गर्न बाध्य भए।”

युक्रेनमाथि आक्रमणपछि चीनमा रुसी तेलको आयात अत्यधिक बढ्यो

युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको व्यापारलाई महत्त्व दिएको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले तिर्नुपर्ने करमा छुट, नेपाल–चीन सीमामा स्तम्भ पुनर्स्थापना गर्न टोली गठन

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भलाई संयुक्त रूपमा पुनः स्थापना गर्न टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

विश्वकप छनोट : नेपालसँग अमेरिका ६ विकेटले पराजित

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो। जारी प्रतियोगितामा नेपालको पहिलो जितका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन प्रहार गरे।

भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जनालाई जनही ९ वर्ष कैद र ४ अर्बभन्दा बढी जरिबाना

विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य–सचिव चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा जनही ९ वर्ष कैद र ४ अर्ब १० करोड जरिबाना निर्धारण गरेको छ।

चेल्सी भित्रिए एनकुन्कु

चेल्सीले २५ वर्षीय एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट अनुबन्ध गरेको छ। चेल्सीले उनलाई ५२ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

गाडी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

सांसदहरूको प्रश्न : अर्थ समितिले विवरण माग्दामाग्दै धितोपत्र बोर्डले ब्रोकरलाई किन दियो लाइसेन्स?

अर्थ समितिमा बोल्दै अधिकांश सांसदले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझावभन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने अवस्था रहेको बताएका छन्।

गाडी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंहकी पत्नीसहित दुईको मृत्यु, तीन जनालाई कोहलपुर लगियो

बझाङमा भएको सवारी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको छ।