AnonymousUser

Logout

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

पशुपतिको सुनको जलहरीबारे छानबिन गर्न संसदीय समिति बनाउन सांसदको माग

सांसदहरूले पशुपतिमा रहेको सुनको जलहरीका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्।

आफूले नैतिक प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश बनेको भन्दै जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

आफूले कानूनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश नियुक्त भएको र उनको मातहत काम गर्न असहज हुने भन्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्।

संसद्‍मा रक्षामन्त्रीको जवाफ- सेनाको संख्या कटौती गर्न हुँदैन

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री पूर्णबहादुर खड्काले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका छन्।

उत्तर कोरियामा निकालिएको जुलुसको नारा– ‘अमेरिका हाम्रो सुटिङ दायरामा छ’

कोरियन युद्ध भएको ७३औँ वर्षगाँठ मनाउन उत्तर कोरियाले निकालेको जुलुसमा अमेरिकालाई ‘साम्राज्यवादी’ भन्दै युद्धको धम्की पनि दिइएको छ।

इंग्लिस फुटबल लिगमा अनुबन्ध हुने पहिलो नेपाली मूलका खेलाडी बने किबन राई

नेपाली मूलका किबन राई इंग्ल्यान्डको चौँथो डिभिजन लिग–२ को क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्। उनी वेल्सको ब्रेकनमा जन्मिएका हुन्।

मुस्कुराउन बिर्सिएकालाई ‘स्माइल क्लास’

हाँस्न सिकाउने प्रशिक्षकको नाम केइको कावानो हो। उनी मुस्कुराउने कला सिकाउन चर्को शुल्क लिन्छिन्। यसका बाबजुद पनि विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ।

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोड १५ लाखको बजेट [पूर्णपाठ]

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ।

‘वर्तमान सरकार गठबन्धनकै अन्तर्विरोधले ढल्छ’

एमाले सांसदले गठबन्धनभित्रको अन्तर्द्वन्द्वले सरकार ढल्ने टिप्पणी गर्दा तत्काल दाहाल नेतृत्वको सरकारको विकल्प नरहेको माओवादी केन्द्रका सांसदको प्रतिक्रिया छ।

‘सुन गायब पारिएको’ चर्चापछि तौल नाप्न निकालियो पशुपतिनाथको सुनको जलहरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी तौल गर्नका लागि निकालेको छ।

उद्देश्यअनुरूप काम नगरेकाले दुग्ध विकास बोर्ड खारेज गर्‍यौँ: मन्त्री भुसाल

कृषिमन्त्री डा. वेदुराम भुसालले सरकारले लिएको उद्देश्यअनुसार दुग्ध विकास बोर्डलेले काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताएका छन्।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३६ करोडको बजेट

प्रस्तुत बजेट कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरू आर्थिक वर्षको भदौ महिनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

काभा भलिबलमा जितविहीन नेपाल

कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।

नेकपा विभाजनको कारण स्वचालित थियो कि परिचालित विश्लेषण हुनुपर्छ : ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो त्यसको विश्लेषण जरुरी रहेको बताएका छन्।

छियाछिया भएको कांग्रेसलाई पुनर्जीवनको खाँचो छः शशांक कोइराला

कांग्रेस नेता शशांक कोइरालाले कांग्रेसलाई बचाउनका लागि शुभेच्छुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए।

पोखरा महानगरको नीति तथा कार्यक्रममा फेवाताल संरक्षणलाई प्राथमिकता [पूर्णपाठ]

पोखरालाई कार्बन तटस्थ शहर बनाउने, अत्याधुनिक फोहोर मैला संकलन केन्द्र सञ्चालन गर्ने, प्लास्टिकको वैकल्पिक प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा राखिएको छ।

नेप्से परिसूचक ६२.२१ अंकले बढेर २१ सय बिन्दुभन्दा माथि पुग्यो

आइतबार २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको करोबार भएको छ।

अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माण गर्ने योजनासहित विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले आइतबार १२औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

लुम्बिनी प्रदेश सरकारको मनोमानी: बजेटमा फजुल खर्चलाई निरन्तरता

नियमित खर्च धान्न मुस्किल भएर सरकारको ढुकुटीमा चाप परे पनि लुम्बिनी प्रदेश सरकारले अनावश्यक र फजुल शीर्षकमा पहिलाजस्तै बजेट विनियोजन गरेर राज्यकोषको दोहनलाई निरन्तरता दिएको छ।

२५ अर्ब ५४ करोड बजेट सार्वजनिक गरेको काठमाडौँले महानगरलाई धुलोरहित बनाउन १ अर्ब खर्चिने

महानगर क्षेत्रको संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमका लागि क्रमागत योजनासहित २ अर्ब १३ करोड ७६ लाख बजेट छुट्याइएको छ।