सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन आमाबुबा तथा अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ।
अक्टोबर ५ देखि शुरू हुने विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्।
निर्वाचन कार्यालय स्वतन्त्र अस्तित्वको रहने जिकिर गर्दै अर्थमन्त्री महतले प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरे।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।
एमाले र रास्वपाका सांसदले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएका छन्।
नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–९ मा ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार बाबुछोरीको मृत्यु भएको छ।
सोमबार शुरू भएको वार्ताले आसियान देशमा विशेष ध्यानकेन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रसँग आर्थिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा छ।
नेपाल भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
कक्षामा पस्नेबित्तिकै शिक्षकले ‘ल किताब खोलौँ’ भनेर पढाइ शुरू गर्नुअघि, ‘आजको दिन कस्तो भयो? कस्तो महसुस भइरहेको छ?’ जस्ता सामान्य विषयका कुराकानीबाट कक्षा शुरू गर्नु राम्रो हुन्छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गर्नुपूर्व नै धेरै छलफल गरिएकोले विधिभित्र रहेर बजेट पारित हुने बताएका छन्।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने तर्क गरे।
जिम्बावेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्रै बनाउन सक्यो।
पछिल्लो मुद्दामाथिको सुनुवाइमा २०७९ फागुन १ गते भएको संस्थाको वार्षिक साधारण सभाको निर्णय विवादित रहेको भनी निवेदकहरूले गरेको दाबी सर्वोच्च अदालतले तत्कालका लागि स्विकारेको छ।
साबिक उपविजेता रहेको नेपाल साफबाट बाहिरिसकेको छ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।
क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। पाँच महिनाअगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जाने दाबी गरेका छन्।
सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा पुँजी बजारमा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।