AnonymousUser

Logout

बागमती किनारका सुकुमबासी बस्ती ६ महिनाभित्र हटाउन पूर्वाधार विकास समितिको निर्देशन

सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले बागमती किनारका सुकुमबासी र अव्यवस्थित बसोबासीका बस्ती ६ महिनाभित्र हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, दुवै सदनमा विपक्षीको अवरोध

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले बुधबार दुवै सदनका बैठक अवरुद्ध गरेका छन्।

प्रितम सिंहबारेको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजियोः प्रधानमन्त्री

लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा नै आफूले बोलेको दाहालले दाबी गरेका छन्।

एक वर्षपछि नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। गत वर्ष पनि असार २७ देखि साउन २ गतेसम्म कार्यसमिति बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।

दक्षिणपश्चिम चीनमा बाढी, १५ जनाको मृत्यु

दक्षिणपश्चिम चीनको चोङकिङमा बाढीका कारण ८५ हजार मानिस विस्थापित भएका छन्। 

काठमाडौँको सीडीओमा जितेन्द्र बस्नेत

बस्नेत यसअघि गोरखा, चितवन र पर्सामा प्रमुख जिल्ला अधिकारी भइसकेका छन्। 

प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक 

हालै एक कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए।

लुम्बिनी प्रदेशसभामा एमालेले अवरोध नगर्ने, मुख्यमन्त्रीले सम्बोधन गर्दै 

एमालेको मागका विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गर्ने भएपछि प्रदेशसभा बैठक सञ्चालन गर्न दिन एमाले सहमत भएको हो। 

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन्।

घरमै मृत भेटिए गायक रविन तामाङ

‘रविन एन्ड द रिभोलुसन’ ब्यान्डका भोकलिस्ट तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए। 

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरको निर्देशन

डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ। 

मधेश, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

भारत नवौँ पटक साफ च्याम्पियन

भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।

विश्वकप छनोट : ६ खेलमा नेपालको २ जित, ४ पराजय

आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ।

‘संविधानको मर्म पार्टीहरूले त मानेनन् नै, निर्वाचन आयोगले समेत मानेन’

'कानून बनाउँदा महिलाको सहभागिता संविधानको मौलिक हकको भावनाअनुसार हुनुपर्छ भनेर हामीले पत्र दिएको हो। तर, त्यति गर्दा पनि संवैधानिक आयोगले संविधानको व्यवस्थाअनुसार मस्यौदा तयार गरेन।'

स्कटल्यान्ड एक दिवसीय विश्वकपनजिक

स्कटल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्रै बनाउन सक्यो।

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये घनश्याम उपाध्यायलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गर्ने निर्णय गरेको छ।

बेपत्ता छानबिन र सत्य निरूपण आयोगको म्याद पुससम्म थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि पुससम्म थप गर्ने निर्णय गरेको छ।

हनुमानढोका परिसरभित्र एम्बुलेन्स र पानी बोक्नेबाहेकका सवारी प्रवेशमा रोक

न्युरोडको जुद्ध शालिकदेखि वसन्तपुर क्षेत्रका सबै ठाउँमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

चेल्सी पुनः शीर्ष स्थानमा फर्किनेमा प्रशिक्षक पोचिटिनो आशावादी

चेल्सीसँग रहेको युवा टोलीबाट धेरै आशा राखेको मुख्य प्रशिक्षक पोचिटिनो बताउँछन्। टोलीसँग काम गर्दै जाँदा पुनः चेल्सी शीर्ष स्थानमा पुग्ने उनको भनाइ छ।