AnonymousUser

Logout

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ।

हेवाखोलाको 'डाइभर्सन' बाढीले बगायो, मेची राजमार्ग पुनः अवरुद्ध  

असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार 'डाइभर्सन' बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।

वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको बेलारुसको आरोप

मस्कोको सेना र रुसमा विद्रोह गर्ने वाग्नर समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बेलारुसका शक्तिशाली नेता लुकाशेन्कोले दाबी गरेका छन्। 

कस्तो छ बुधबारको मौसम?

मधेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

साफमा भारतलाई रोक्दै कुवेत बन्यो समूह विजेता

भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।

विश्वकप छनोट : आयरल्यान्डसँग युएई पराजित

आयरल्यान्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।

सरकारले सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने

मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात फरार

पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका निजी सुरक्षा अधिकृत सई सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि उनी फरार भएको जानकारीमा आएको थियो।

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना छुटे

उच्च अदालत पाटनबाट पक्राउविरुद्ध पहिल्यै ‘स्टे–अर्डर’ लिएका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली रिहा भएका छन्।

मेयर शाहसँग स्पष्टीकरण माग्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण माग गरेको थियो। प्राधिकरणको उक्त निर्णयविरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

तत्काल सरकार ढल्छ भन्नु अफवाह मात्रै: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको प्रस्ट्याइन्।

दबाब थेग्न नसकेर स–साना आयोजनाको बजेट संघबाटै विनियोजन गर्‍यौँ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताएका छन्।

साफमा नेपालको सान्त्वना जित

बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।

‘क्षेत्राधिकार बाहिरबाट निर्णय गर्दा संसदीय समितिका निर्देशन कार्यान्वयन हुन सकेनन्’

संविधानविद् खिमलाल देवकोटाले चर्चाको विषयलाई समितिले छलफल गरेर निर्देशन दिइहाल्ने परिपाटी, निर्णयमा गाम्भीर्य र गुणस्तर हुन नसक्नु पनि निर्देशन कार्यान्वयन नहुनुका कारण रहेको बताए। 

मंगलबार उच्च अंकले बढेको शेयर बजारमा ५ अर्ब ४७ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।

संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्त हुने कानूनमन्त्री गुरुङको दाबी

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको चर्चा चलिरहेका बेला मन्त्री गुरुङले संवैधानिक अधिकारभित्रै रहेर न्यायाधीश नियुक्ति हुने दाबी गरेका छन्।

अलिबाबाका संस्थापक ज्याक मासहितको टोली काठमाडौँमा

अलिबाबाका संस्थापक एवं चिनियाँ व्यापारी ज्याक मासहितको टोली काठमाडौँ आएको छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त शाह पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीको टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँका स्ववासीलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको छ: मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले काठमाडौँका स्ववासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।

ट्रम्पले रक्षा मन्त्रालयको गोप्य दस्तावेजबारे सहयोगीसँग छलफल गरेको अडियो सार्वजनिक

दुई मिनट लामो अडियोमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले ‘यी तिनै कागजात हुन्’ भन्दै अमेरिकी रक्षा संयन्त्रको मुख्यालय पेन्टागनको अति–गोप्य योजनाबारे आफ्ना सहयोगीमाझ चर्चा गरेको सुनिन्छ।