काठमाडौँका मेयर बालेन शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकलाई पनि त्यहीअनुसार तलब दिन निर्देशन दिएका हुन्।
पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र त्यसमा नेपाली रहेको बताइएको छ। मृतक नेपाली सुरक्षा गार्डको नाम र ठेगाना खुलेको छैन।
बकर इदका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएकाे छ।
अष्ट्रियाको राजधानी भियना लगातार दोस्रो वर्ष बस्नका लागि सबैभन्दा शहर भएको छ। पाकिस्तानको कराँची र बंगलादेशको ढाका युद्धग्रस्त युक्रेनको राजधानी किभभन्दा पनि बस्न अयोग्यमा परेका छन्।
गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा मध्यपूर्वका देशसहित यूरोप, अमेरिका, जापानलगायत विभिन्न मुलुकका करीब ५०० प्रतिनिधिको सहभागिता छ।
ललिता निवासको सबैभन्दा बढी २९ रोपनी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनका परिवारको सदस्यको नाममा छ। सुधीरकुमार शाहको नाममा पाँच रोपनी छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार दूध र मासु उत्पादन वृद्धि हुँदा अण्डा उत्पादन भने ठूलो मात्रामा घटेको छ।
रवि लामिछानेले राहदानी दुरुपयोग गरेको, प्रक्रिया नपुर्याएर नागरिकता जारी भएको लगायत कारण उनको सांसद पद खारेजीको माग गर्दै युवराज सफल पौडेलले गत जेठ १० गते रिट दर्ता गरेका थिए।
प्रतिनिधिसभामा मत विभाजन हुँदा विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। विपक्षमा एमाले, रास्वपा, राप्रपालगायतले मत दिए।
अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका दुई कर्मचारीलाई हिरासतमा राख्न अनुमति दिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार पुन: बसेको प्रतिनिधिसभा बैठकमा बजेटको व्यवस्था संसोधन गरिएको र अब हालकै व्यवस्था अनुसार जिल्ला निर्वाचन कार्यालय कायम रहने जानकारी गराएका छन्।
बुधबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले ओरालो लागेर ४०२.७५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर बढेको छ।
२७ सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेकामा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। बाँकी प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्।
पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको प्रधानमन्त्री दाहालको दाबी छ।
सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो।
बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
तोकिएको समयभित्र विवरण नबुझाए कानूनबमोजिम कारबाही गर्ने महानगरले जनाएको छ। मेयर बालेन शाहले सहकारी सुशासनका लागि सदस्यको निरन्तर निगरानी आवश्यक रहेकाे बताएका छन्।