उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।
मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको छ। हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ।
कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।
विरोध
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी शनिबार राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ। माइतीघरमा भेला भई करिब आठ/नौ सय जना पीडितहरू बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले केही समय भाटभटेनी चोकअगाडि बाटोमा बसेर विरोध प्रदर्शन गरेका थिए।
राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।
साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ।
सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। सर्वोच्चले यही प्रकरणमा जोडिएका १७ जनाको ‘स्टे अडर’ पनि खारेज गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।
संसदीय समितिको बैठकमा कानूनमन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणका सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताए।