सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्रीसमेत रहेका उनका श्रीमान् पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगा दाहालले दागबत्ती दिएका छन्।
लम्पी स्किन देशभर फैलिँदासमेत सरकारले नियन्त्रणमा चासो नदेखाएको किसानको गुनासो छ। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्न र घरघरमा प्राविधिक पठाएर उपचार गर्न उनीहरूको माग छ।
सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि छ।
मृतकका आमा र बुबाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन्।
२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी दाहाल २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन्।
मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको खुलेको छ।
बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
सांसदहरूले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
बाढीपहिरोमा परी हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरेको आयोगको म्याद तीन महिना थप गरेको छ।
मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूविरुद्धको मुद्दामा वारेश राख्न अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए।
अघिल्ला वर्षहरूमा रेडियो फ्रिक्वेन्सीबाट वार्षिक तीनदेखि साढे तीन अर्बका दरले रोयल्टी उठेको थियो। चालु वर्ष संकलित यस्तो रोयल्टी रकम आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहलाई बाँडिने छ।
मन्त्री गुरुङले शहर व्यवस्थित बनाउने भनेर घरहरूलाई भत्काउन सक्ने अवस्था नभए पनि सरकारले बनाएको गुरु योजनाले व्यवस्थित बनाउन र बेथिति हटाउन सहयोग गर्ने बताइन्।
पर्यटनमन्त्री सुदन किरातीले छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।
कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका छन्।