AnonymousUser

Logout

महिला विश्वकप : डेब्यू गरेको आयरल्यान्डमाथि अस्ट्रेलियाको जित

महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।

१० दिन पहिलेदेखि नै यो सुनकाण्डकाे अनुसन्धान शुरू गरेका थियौँ: महानिर्देशक ढुंगाना [अन्तर्वार्ता]

पछिल्लो अप्रेसन हामीले १० दिन पहिला नै शुरू गरेका थियौँ। यो अप्रेसन कुन मोडलमा र कसरी गर्ने भनेर हामीले विभिन्न समयमा चरण–चरणमा छलफल गरेका थियौँ।

त्रिभुवन विमानस्थल भन्सार परिसरमा भेटिएन थप सुन

थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।

महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी शुरूआत

बिहीबार सम्पन्न उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको छ।

सुन बरामद प्रकरण : जाँचपासमा संलग्न कर्मचारी निलम्बित

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार, भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी खरिददार कुमार ढकालले गरेका थिए।

सुन तस्करी प्रकरणमा पक्राउ परेका राई भन्छन्– सामान लिन जाऊ भने, के सामान हो थाहै थिएन

सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्येका एक जना हर्क राईले आफूहरूलाई सामान लिन पठाइएको र त्यो सुन हो भन्ने थाहा नभएको बताएका छन्।

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

कारोबारमा आएका २६४ कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर ५४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न: वामदेव गौतम

राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए।

विमानस्थलबाट बरामद सुन जोख्न टक्सारमा लगियो, अहिलेसम्म को–को परे पक्राउ?

विमानस्थलबाट बरामद सुनको परिणाम यकिन गर्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ।

सुन बरामद प्रकरण: विमानस्थलबाट भारतीय नागरिक पक्राउ

उक्त सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। 

दीपक मल्होत्राले भने– सुनको व्यापार २०५५/०५६ सालमा नै छाडेको हुँ

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको बताएका छन्।  

सुन तस्करी घटनामा गृहमन्त्रीले शुरू गरे प्रहरी र भन्सारका उच्च अधिकारीसँग छलफल

छलफलमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, एआईजी मिरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहभागी छन्।

सुन तस्करीमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न भन्सार विभागले बनायो समिति

समितिले ल्याइएको सुन जाँचपासका क्रममा भएको कमजोरी र उक्त कार्यमा भन्सार कर्मचारीको संलग्नता भए/नभएको बारेमा छानबिन गर्ने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक

पुस्तकमा सामाजिक, आर्थिक, सांस्कृतिकलगायत २३ वटा राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय क्षेत्रका तथ्यांक समेटिएका छन्।

‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’

बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीको भनाइ छ।

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर: शंकर पोखरेल 

राष्ट्रलाई नै लज्जित बनाउने सुन तस्करीका घटनामा संसद्‌को ध्यान जान जरुरी रहेको पोखरेलको भनाइ छ। 

ईयूले टिकटकलाई भन्यो– नयाँ मापदण्ड तत्काल पालना गर 

‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो। अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीलाई कानूनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ।

करेसाबारीबारे जानकारी दिने नाटक ‘करेसा कन्सर्ट’  

नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागिसमेत उत्तिकै महत्त्वपूर्ण छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ८० किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

विमानस्थल पास भएर आएको सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको छ।