AnonymousUser

Logout

निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

नेपाल एयरलाइन्सको ग्राउन्डेड दुई न्यारोबडी जहाजमध्ये एउटा मर्मतपछि सोमबार साँझदेखि नियमित उडानमा आउने भएको छ।

प्रज्ञा प्रतिष्ठानमा पाँच दशक पुरानो शालिक अनावरण निवर्तमान कुलपतिबाट!

प्रज्ञा प्रतिष्ठानमा २०२७ सालमा राखिएको राजा महेन्द्रको शालिक दोस्रो जनआन्दोलनमा तोडफोड भएपछि ‘पुनर्निर्माण’का नाममा त्यसबेलाको ताम्रपत्र नै हटाइएको छ। नयाँमा शालिक मर्मतसम्बन्धी गलत सूचना राखिएको छ।

बिम्स्टेक : विदेशमन्त्रीहरूबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल

बिम्स्टेक सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरूबीच आपसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ।

सभापति चयन हुन नसक्दा संसदीय समितिका कामकारबाही प्रभावित

राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरिसकिएको नेताहरूले बताउँदै आए पनि हालसम्म संसदीय समितिले सभापति पाउन सकेको छैन।

सामाजिक सुरक्षा कोषको वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज

सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले लिने विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत र  धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ प्रतिशत व्याज लाग्नेछ।

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

जंगली च्याउ खाँदा लुंग्री गाउँपालिका–५ कालापोखराका आमा र दुई छोराको मृत्यु भएको छ। च्याउ खाएर बिरामी परेका लुंग्रीकै विभिन्न ठाउँका ११ जनाको अहिले पनि उपचार भइरहेको छ।

मेहेन्दी मौसम

चुरा, पोते र मेहेन्दीको मौसम

हिन्दु महिलाहरू साउन महिना शुरू भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन्। भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन्। विवाहित महिलाले हरियो–पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमान‍्को दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाऊँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन्। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने जनविश्वास पनि रहिआएको छ। काठमाडौँ न्युरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ। सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन्। तस्वीर : फोटो लाइब्रेरी

नेपालको राष्ट्रिय टोली भारत 'ए'सँग डे नाइट क्रिकेट खेल्दै

इमर्जिङ कपमा भारत 'ए'विरुद्ध मैदान उत्रिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाँचौँपटक डे नाइट क्रिकेटको अनुभव लिँदैछ। तर यो खेललाई ओडीआई मान्यता छैन।

बञ्चरेडाँडामा फोहोर फ्याल्न स्थानीयको अवरोध

फोहोर र मान्छे एकै ठाउँ बस्न नसक्ने भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले फोहोर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीलाई अवरोध गरेका छन्।

सोमबार अधिकांश स्थानमा पानी पर्ने, बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

केही नेपाल ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएसँगै मिटरब्याज पीडितले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ।

विपीन र मिरुनालाई लिएर ‘ऊनको स्विटर’ घोषणा

नवीन चौहानले निर्देशन गर्ने चलचित्र ‘ऊनको स्विटर’मा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ।

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो

अविरल वर्षाका कारण प्रभावित बनेका १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

नेपालले जित्यो बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल, अन्जनाले रोकिन् शेइली र मारियाको प्रहार

अन्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ। जितसँगै नेपालले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला आफ्नो पक्षमा पारेको छ।

संसदीय दलको नेता बदल्न पार्टी सभापतिबाटै सिकेको हुँ, निरन्तर लागिरहन्छु: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्छ भन्ने पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको बताएका छन्।

घट्यो खाना पकाउने ग्यास, पेट्रोल–डिजेलको मूल्य

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

विश्वविद्यालयलाई दलीय हस्तक्षेपमुक्त गर्नुपर्छ: गगन थापा

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयको विधेयक ल्याउँदा कार्यपालिकाले कहीँ कतै पनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्ने बताएका छन्।

ललिता निवास प्रकरण : १७ जनामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

अदालतले आरोपीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा अमर यादव नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. अमर यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।

केही नेपाल ऐन संशोधन विधेयकमाथि सांसदहरूको विरोध

रास्वपा, राप्रपाका सांसदले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा हिंसालाई प्रशय दिने, राष्ट्रिय अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने प्रकृतिका दफा राखिएको भन्दै विरोध जनाएका छन्।