भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन्।
असारे र डोजरे विकासका कारण खेतीयोग्य भूमि पुरिनुका साथै पुल तथा पूर्वाधारमा क्षति पुग्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भनाइ छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी केशव तुलाधरलाई काठमाडौँको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको बुधबार ‘स्क्रब टाइफस’का कारण मृत्यु भएको थियो।
डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ।
आनन्दपुरमा पहिले तरकारी उत्पादन हुँदैनथ्यो। बारीमा लगाएको मकैले खान नपुग्ने भएपछि भारत जानुको विकल्प थिएन। तर, अहिले प्रत्येक परिवारले तरकारीखेती थालेका छन्।
चीन सरकारले अनुदानमा दिएका ती विद्युतीय गाडी संसद् सचिवालयले प्रयोग गर्ने बताइएको छ।
हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।
स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त छ।
जीटी कर्नल रोड, आईटीओ, कश्मीरी गेट, निगम बोध घाट रोड, पुरानो फलामको पुलजस्ता ठाउँमा यमुनाको बाढी पसेको छ।
प्रदर्शन
काठमाडौँ– काठमाडौँस्थित रुसी दूतावासअगाडि युक्रेनमाथिको आक्रमण तत्काल रोकी शान्ति वार्तामा आउन रुसलाई आह्वान गर्दै मानवअधिकार तथा शान्ति समाजले शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले रुसी दूतावासमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै तत्काल युद्ध रोकेर शान्ति कायम गर्न आग्रह गरेको छ। समाजको केन्द्रीय सभापति रामकृष्ण बरालको नेतृत्वमा भएको प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्वसभापति उत्तर पुडासैनी लगायतका अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। रुसले छिमेकी राष्ट्र युक्रेनमाथि आक्रमण गरेको बिहीबार ५०५औँ दिन भएको छ। २०२२ फेब्रुअरी २४ मा नेटोसँग सम्बन्धनजिक बनाएको भन्दै रुसले युक्रेनमाथि सैन्य कारबाही शुरू गरेको थियो। तस्वीर–फोटो लाइब्रेरी
बिहान १० बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
एकल आमाले समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ।
सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए।
बेँसीशहर–चामे सडकअन्तर्गत मनाङको चामे–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएपछि सडक अवरुद्ध भएकाे छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
इजरायली सेनाले आक्रमण गरेर १२ प्यालेस्टिनी नागरिकको हत्या गर्नुको साथै बुल्डोजरले सयौँ घर भत्काइदिएका थिए। त्यसलगत्तै इजरायली नेताहरूले सो क्षेत्रको भ्रमण गरेका हुन्।
प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई साउन ३ गते भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको सर्वोच्चले साउन ७ देखि फैसलाका लागि निरन्तर सुनुवाइ गर्न पनि भनेको छ।
आर्मीसँग पराजित एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको हो। अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ।
महानगरविरुद्ध प्रदर्शन
काठमाडौँ महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरूले महानगरको कार्यालय अगाडि ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ गीत गाएर विरोध गरेका हुन्। ठेलागाढा तथा साना सडक व्यापारीको उचित व्यवस्थापनको मागसहित शान्तिपूर्ण विरोध गरेका थिए। उनीहरूले ‘गरिखान देऊ’, ‘शहर कस्को लागि?’लगायत ब्यानर बोकेर प्रदर्शन गरेका थिए।