सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्स अगाडि भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट खेल्ने पक्का भएको छ। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो।
कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ।
मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।
लगातार दुई खेलमा हार बेहोरेका कारण दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।
नेपालमा बाह्रै महिना सस्तो दरमा जलविद्युत् उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतको भनाइ छ।
पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर ओली कम्बोडिया गएका हुन्।
स्वास्थ्य अधिकारीहरूले जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्।
बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका पर्सा धोबीनी गाउँपालिका–५ का फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए।
दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।
फोहोर बोक्ने गाडी प्रवेशमा शुल्क लिने निर्णय संविधानको धारा २२८ (२) र धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनमा रहेका प्रावधानअनुकूल नदेखिएको अन्तरिम आदेशमा उल्लेख छ।
भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले राजस्व र वैदेशिक ऋण प्रक्षेपणअनुसार आउन नसकेका कारण विकास आयोजनाको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताएका छन्।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी ६ थान रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।
निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।
उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका छन्।
प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीमा देखिएको यथास्थितिले आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न नसक्ने बताए।
महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरी पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्दै एक वर्षभित्र ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाइने बताए।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित लगायत १० वटा अजेन्डामा छलफल हुँदै छ।
नेपाल एयरलाइन्सको उडानमार्फत यूएई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले पक्राउ गरेको हो।