कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने काममा आफू निरन्तर लागिरहने र आफ्नो अभियानबाट कोही पनि आत्तिन नपर्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेता मात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए।
“सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेता मात्रै म्युजिकल चियर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहेका छन्। त्यसैले पनि मानिसहरू रिसाएका छन् । त्यसैले पार्टी परिवर्तन गर्नुपर्छ।”
संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फेर्न लागिपर्ने उनको भनाइ थियो। उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू पाँच पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए। आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने उनको भनाइ थियो।
“साथीहरू किन आत्तिनुभएको? मैले पार्टी फुटाउने कुरा गरेको हो र? मैले त दलको नेता फेर्ने कुरा गरेको हो। सभापतिज्युलाई यो कुरा ठीक हो भन्ने लागेको छ, वरिपरि बस्ने साथीलाई चिन्तित बनाएको छ। धेरै चिन्ता गर्नुपर्दैन। म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब,” उनले भने।
महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धनको नेता कांग्रेस भएकाले आफ्ना शर्तहरूमाथि सम्झौता गर्नु नहुने बताए। उनले अबको चार वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
