पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्।
अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्।
एमालेले सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाइरहेको छ।
रामपुरमा वाद्यवादन कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीतसम्बन्धी कक्षा सञ्चालन गर्न स्थानीयको माग छ।
मियामीका लागि दुई खेल खेलेका मेस्सीले तीन गोल गर्न सफल भएका छन्। उनी हालै फ्रेन्च क्लब पीएसजी छाडेर मियामी गएका थिए।
अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार प्रतिबन्धपछि देशभर करिब १२ हजार ब्युटी पार्लरमा काम गर्ने ६० हजार महिलाले आम्दानी गुमाएका छन्।
नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीलगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको इजलासले मुद्दाको सबै अंग पुगिसको र मुद्दा पुरानो भइसकेको भन्दै यथाशीघ्र टुंगोमा पुर्याउन काठमाडौँ जिल्ला अदालतलाई आदेश दिएको छ।
चीनको शीर्ष विधायिकाले चिनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ।
सोमबारदेखि लगातारको वर्षाले गर्दा देउखुरीको विभिन्न स्थानमा दर्जन बढी घर डुबानमा परेका छन् भने केही घर भत्किएका छन्।
गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त भएको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।
निर्वाचन आयोगले गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारहरूलाई जनही १५ हजारका दरले जरिबाना गरेको छ।
सुरक्षाविद्हरूले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसद्मा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न सरकारलाई सुझाव दिएका छन्।
कांग्रेस नेता शेखर कोइरालाले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि धुमिल हुने टिप्पणी गरेका छन्।
शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले शेयर बजारप्रति ‘इगो’ राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको आरोप लगाएका छन्।
अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी दायरामा ल्याइने बताएका छन्।
वेस्ट इन्डिजले भारतविरुद्धको ३ खेलको एक दिवसीय सिरिजका लागि घोषणा गरेको टोलीमा ब्याटर शिमरोन हेटमायर र फास्ट बलर ओशाने थोमसले पुनरागमन गरेका छन्।