AnonymousUser

Logout

डेंगीको संक्रमण रोकथामका लागि काठमाडौँ महानगरले थाल्यो अभियान

डेंगीको संक्रमणबाट हुनसक्ने महामारी रोकथामका लागि काठमाडौँ महानगरले लार्भा नष्टका साथै सचेतना अभियान थालेको छ। यो अभियान महानगरका सबै वडामा सञ्चालन गरिएको छ।

नेप्से परिसूचक ९.२५ अंकले बढ्यो

बुधबार २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिमा सभामुख असन्तुष्ट

सरकारले दिने भुक्तानी रोकिएको भन्दै ठेकेदारले नापी नापी काम गर्दा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नभएको सभामुख घिमिरेले बताएका छन्।

साढे ७ लाख माओवादी कार्यकर्ता भएको दाहालको दाबी, भदौदेखि संगठन सुदृढीकरण अभियान

केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा धेरै १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता बागमती प्रदेशमा रहेका उल्लेख छ।

एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता नेपालमा आयोजना हुने अहिलेसम्मकै दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

माओवादी केन्द्रीय समिति बैठक शुरू

बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताएका छन्।

असुरक्षाको कारण देखाउँदै एकदिन अगाडी सारियो भारत र पाकिस्तानबीचको खेल

भारतले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। यी दुई टोली ८ अक्टोबरमा चेन्नईमा भिड्ने छन्।

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ: पराराष्ट्रमन्त्री

संसदीय समितिको मंगलबारको बैठकमा प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा समावेशी चरित्र नदेखिएको भन्दै सांसदले प्रश्न उठाएका थिए।

सोह्रौँ योजनाको अवधारणापत्र स्वीकृत, विद्युतीय सुशासन मुख्य प्राथमिकतामा

संसद्का सदस्य, प्रमुख राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, विद्वत्वर्ग तथा पेसाविद्, मन्त्री तथा सचिव र विकास साझेदारसँग मंसिर तेस्रो हप्तासम्ममा छलफल गरिसक्ने कार्यतालिका बनाइएको छ।

केन्द्रीय सदस्य थप्ने माओवादीको निर्णय, विधान संशोधन गरिँदै

महिला, दलित, युवा र पुराना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न लागिएको माओवादीले जनाएको छ। यसका लागि बुधबार नै विधान संशोधन गर्ने तयारी गरेको छ।

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै, निर्देशिका बनाउने तयारी

सार्वजनिक खरिद प्रक्रिया प्रतिस्पर्धी, स्वच्छ तथा मितव्ययी बनाउन सरकारले प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ। 

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्दै

मंगलबार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मुख्यमन्त्रीपछिको वरीयतामा रहने गरी मन्त्री बनाउन लागिएको माओवादी केन्द्रले जनाएको छ।

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई विभागले कारबाही गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू हुँदै, प्रत्यक्ष प्रशारण गर्ने तयारी

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे शुरू हुने बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र प्रदेशका १०० जना पदाधिकारी सहभागी हुँदैछन्। 

ग्लोबल टी२० लिग: सन्दीप आबद्ध सर्रे ६ विकेटले विजयी

यो खेलमा सन्दीप विकेटविहीन बने। उनले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए। 

शिक्षा विधेयक: निजी विद्यालयलाई गुठीमा रूपान्तरण गर्ने प्रस्ताव, शिक्षकलाई निजामती सरह सुविधा 

शिक्षा क्षेत्रमा विद्यालय शिक्षा ऐन, उच्च शिक्षासम्बन्धी छाता ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन हुनुपर्ने मान्यताका आधारमा शिक्षा विधेयक प्रस्ताव गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। 

कस्तो छ बुधबारको मौसम?

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घट्यो, पेट्रोल र डिजेलको बढ्यो

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको आयल निगमले जनाएको छ।

बुधबारबाट प्रथम हिमालयन फुटसल

नकआउट चरणमा खेलाइने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ।

प्राधिकरणले विद्युतीय गाडीलाई शतप्रतिशत विद्युत् ग्यारेन्टी गर्छ: कुलमान  घिसिङ

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्।