सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया बदर गरेसँगै मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।
क्यानका केन्द्रीय सदस्य दाउद अन्सारीले मौखिक आश्वासनकै भरमा नेपालले टेस्ट राष्ट्रसँग शृंखला खेल्ने भन्दै कार्यवाहक सचिव दुर्गानाथ पाठकले मिडियाबाजी गरेको आरोप लगाएका छन्।
यो कीर्तिमान यसअघि निर्मल पुर्जाको नाममा थियो। उनले छ महिना छ दिनमा कीर्तिमान बनाएका थिए।
सञ्जालले किसानलाई रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नलगायत माग अघि सारेको छ।
राष्ट्रियसभामा नै उत्पत्ति भएको विधेयक गत असार ३१ गते प्रतिनिधिसभाबाट संशोधनसहित पारित भएको थियो।
नेपाल र लाओस हालसम्म ३ पटक आमनेसामने भएका छन्। नोभेम्बर २०१६ मा एएफसी सोलिडारिटी कपमा भएको पहिलो भेटमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३-० गोलअन्तरले पराजित गरेको थियो।
छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अमेरिका र संयुक्त राष्ट्रसंघले भने राष्ट्रपति बजुमलाई आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताएका छन्।
उद्यानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन्। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्।
सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी तथा यात्रु बीच बाटोमा रोकिएका छन्।
मणिपुरमा भएका हिंसात्मक घटनामा कम्तीमा १३० जनाको ज्यान गएको छ। दशौँ हजार मानिस विस्थापित भएका छन्।
रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्। चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक यहाँबाट नेपाल भित्रिएका छन्।
देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, मधेश, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
असारमा मात्र बजेट खर्च हुने परिपाटी अन्त्य गर्न आगामी कात्तिकदेखि नै आयोजनाको ठेक्का लगाइसक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेसले नीति महाधिवेशनको साटो महासमिति बैठक बोलाएको छ। आगामी महासमिति बैठक मंसिर ११, १२ र १३ गते हुने भएको छ।
चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन्।
श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १९८ रनको लक्ष्य स्थानीय क्लब ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो।
आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेपछि एमाले सांसदहरू नारा लगाउँदै सभामुखको आसनअगाडि पुगेका थिए।
सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।
यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने भारतले जनाएको छ।