समितिको बैठकमा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका थिए।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गर्नेसहित सरकारले विभिन्न १६ निर्णय गरेको छ।
वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।
सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सरकार अनियमितता, भ्रष्टाचार, बेथिति, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै विभागले गरिरहेको अनुसन्धानमा आशंक नगर्न आग्रह गरिन्।
संसदीय सुनुवाइ समितिले यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको छ।
चीनको राजधानी बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्।
राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले खेल्नेबित्तिकै एसोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ।
१०० किलो सुन तस्करी अनुसन्धानमा सीआईबीलाई बाहिर राखेर राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुले प्रधानमन्त्रीमाथि नै आशंका उब्जिएको कोइरालाले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।
विरोध
सहकारी पीडितले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै सहकारी पीडितले सडक प्रदर्शन गर्दै आएका छन्। आफूले बचन गरेको रकम फिर्ता माग्दै आन्दोलन गर्दै आएका सरकारी पीडितहरूले माइतीघरदेखि बानेश्वरतर्फ आउँदै गर्दा बिजुलीबजारको पुलमा सडक अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गर्दा तनाव स्थिति सिर्जना भएको थियो। उनीहरूले सडकमा बसेर धर्ना दिन थालेपछि प्रहरीले हस्तक्षेप गरी खुलाएको थियो। लगत्तै बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै आएका छन्। त्यस्तै उनीहरूले फरार, बन्द बचत तथा ऋण सरकारी सञ्चालक समिति कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पत्ति तत्काल रोक्का गर्न माग गरेका थिए।
प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने उल्लेख गरेका छन्।
पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बेलायत निर्वासनमा रहेका बीएनपीका कार्यवाहक अध्यक्ष तथा थुनामा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ।
विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण समयसमयमा बिजुली जाने समस्या भएको बताएका छन्।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्रीमा कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी छन्। नागरिक उन्मुक्तिका कैलाश चौधरी राज्यमन्त्री भएका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले एक महिनामा दोस्रोपटक शपथ लिएका छन्। सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।