भारतलाई १२८ रनले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रोपटक एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताएका छन्।
सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ। योसँगै अहिलेसम्म १६ जना पक्राउ परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।
ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।
कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक माग गरेका छन्।
अनावश्यक गालीगलौज गर्ने र नेतृत्वलाई खुइल्याउने किसिमका टिप्पणी नगरी एकताबद्ध भएर अगाडि बढे पार्टीलाई कसैले विस्थापित गर्न नसक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ।
आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कांग्रेस नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन्।
गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ।
नेता कोइरालाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक, २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
विदेश भ्रमणमा जाने नेपालीहरूले २ हजार ५ सयसम्म अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्।
मौद्रिक नीतिले पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखलाई वृद्धि गरेर दुई करोड पुर्याइए पनि अन्य व्यवस्था भने यथावत् राखेको छ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने जनाएको छ।
स्वीडेनका लागि फ्रिडोलिना रोल्फो र अमान्ड इलेस्टेडले गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा दक्षिण अफ्रिकाले शुरूआति अग्रता लिएको थियो।
मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
म्याग्दीको दाना सबस्टेसनबाट पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर प्रसारण लाइन दुई खण्डमा निर्माण भइरहेको छ।
कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालको भनाइ छ।
सदरमुकाम खलंगाको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ।