सत्तारुढ दल नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका छन्।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पुरस्कृत र दण्डित गर्ने प्रवृत्तिका रूपमा देखिएको निजामती कर्मचारीको सरुवालाई स्वचालित प्रणालीमा लैजानुपर्ने बताएका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले १६औँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन्
एमाले सचेतक महेश बर्तौलाले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौँ ‘सेटिङ’ गरेर देशलाई बदनाम गर्नतर्फ लागेको बताए।
माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणलाई जोडेर चरित्र हत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्।
चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन संघर्ष गरिरहेको छ।
मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचकमा सोमबार सामान्य अंकको सुधार देखिएको छ।
विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको अवसरसँग जोडिन सके नेपाललाई ठूलो लाभ पुग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ।
सुन तस्करी प्रकरणको छानबिनका गर्न समिति बनाउनेबारे सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको सोमबारका लागि तय बैठक सूचना टाँसेर स्थगित भएको छ।
डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र भर्नासम्बन्धी निर्णय खारेज, दोषी पदाधिकारीलाई बर्खास्तलगायत माग साउन २९ गतेभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएका छन्।
रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको दबाबका कारण सरकार पुराना भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको बताएका छन्।
नेपाली राष्ट्रिय टोलीका फरवार्ड मनिष डाँगीले थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर ८६५ जना डेंगीबाट संक्रमित भैसकेका छन्। सबैभन्दा धेरै पथरीशनिश्चरे नगरपालिकामा ६५० जना बिरामी फेला परेका छन्।
अमेरिकी क्लब मियामी जान असफल भएका उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सीसँगै सन्यास लिने चाहना रहेको बताएका छन्।
जनमतका विनाविभागीय मन्त्री वसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा गरेका छन्। जनमतले अब चन्दन सिंह र रन्जु खत्वेलाई सरकारमा पठाउने निर्णय गरेको छ।
यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।
सरकारले रकम भुक्तानी नदिँदा आफूहरूले मजदुरलाई पनि भुक्तानी दिन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन्।
सो संग्राहलयले नेपाललाई प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरू प्रदर्शन गर्ने अवसर दिएको छ।
एकीकृत समाजवादीले यसअघि स्थगित गरिएका केन्द्रीय सचिवालय स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीका बैठकहरू अब साउन १९ गतेदेखि शुरू गरेर भदौ ७ गते सक्ने भएको छ।
नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ। प्लेइङ ११ मा परेका दीपेन्द्रले खेलमा ब्याटिङ र बलिङ गर्न भने पाएनन्।