AnonymousUser

Logout

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा बाढी पहिरोको चेतावनी

कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेश तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको हुँदा बाढी र पहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

डेंगीको ‘हटस्पट’ धरान, जेठ दोस्रो सातायता आठ संक्रमितको मृत्यु

धरान उपमहानगरपालिकामा डेंगी संक्रमण उच्च दरमा वृद्धि हुँदै गएको छ भने जेठ दोस्रो सातायता आठ संक्रमितले ज्यान गुमाएका छन्।

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

त्रियुगा पुल निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने भौतिक पूर्वाधारमन्त्रीको प्रतिबद्धता

उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्।

सांसद भन्छन्– नेपाल सुन तस्करको स्वर्णभूमि, मुख देखाउनै लाज भयो

सांसदहरूले नेपाल तस्करहरूको स्वर्णभूमि बनेको बताउँदै जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन्।

पाकिस्तानको बाजौरमा विस्फोट हुँदा ३५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

पाकिस्तानमा बाजौरी जिल्लामा आयोजित राजनीतिक सभालाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

भ्रष्टाचार र तस्करीविरुद्धको कदम रोकिन्न, थप फाइल खोल्दै जान्छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ शुरू गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत भइरहेको बताए।

राष्ट्र बैंकले अर्थतन्त्रको स्पष्ट समीक्षासहित मौद्रिक नीति ल्याएको हो: गभर्नर

गभर्नर अधिकारीले अप्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनका लागि छुट्टै फ्रेम वर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए।

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेशवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए। 

‘जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहदेखि नै कार्ययोजना बनाउनुपर्छ’ 

नेपाल पानी सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक लालमणि वाग्लेले जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहदेखिका समस्याहरूको समाधान हुने किसिमले नीति निर्माण हुन जरुरी रहेको बताए।

१०० किलो सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन लेखा समितिको ध्यानाकर्षण

लेखा समितिको आइतबारको बैठकले सुन तस्करी प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

१५ हजार जरिबाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपा सांसदको रिट

रास्वपाका सांसदले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई जरिबाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट पेश गरेका छन्।

नेप्से २६.१४ अंकले घट्यो, २ अर्ब ५० करोडको कारोबार

नेप्से परिसूचक आइतबार २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा सीमित भएको छ।

सरकारको भ्रष्टाचारविरोधी कदमले जनतामा आशाको सञ्चार गरायो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमले जनतामा आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताएका छन्।

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा

आयोगले पुरीविरुद्ध एक करोड चार लाख तीन हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। 

प्राधिकरणलाई बाह्रबिसे सबस्टेसन निर्माण तत्काल सक्नुपर्ने दबाब

१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि त्यहाँ उत्पादित विद्युत् जोडिने सबस्टेसन निर्माण पूरा गर्न प्राधिकरणलाई दबाब परेको छ। 

टोखामा भेटियो तस्करले सुन भारत पठाउनुअघि प्रशोधन गर्ने कारखाना

टोखाको कारखानामा ‘ब्रेक शू’बाट सुन निकालेर प्रशोधन गरिएको प्रमाण भेटिएको र त्यसक्रममा सुन गाल्ने ठूलो मेसिन फेला परेको विभाग स्रोतले जनाएको छ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानन्यायाधीशको सिफारिसबारे छलफल

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जाँदै छन्। प्रधानमन्त्रीले छिट्टै बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन्।

पहिरोका कारण देशभर ६ स्थानमा राजमार्ग अवरुद्ध, २३ सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ भित्रिने प्रमुख सडक नारायणगढ–मुग्लिनखण्ड आइतबार बिहानदेखि अवरुद्ध छ। उक्त सडकखण्ड केही दिनदेखि पटक–पटक अवरुद्ध हुँदै आएको छ।

निजी लगानीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

लगानी बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणको मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।