करिब दुई करोड ६० लाख रुपैयाँमा दुई वर्ष पहिले निर्मित रामायण भवनको उचित संरक्षण हुनसकेको छैन। शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत भत्किएको छ।
गत हप्ता युक्रेन संकट समाधानका लागि पहल गर्न साउदी अरबको जेद्दाहमा ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधि भेला भएका थिए।
बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्नेलगायत विषयमा छलफल हुनेछ।
कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
क्यानले मलेसियामा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
प्राडा. खड्ग केसीले अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताएका छन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद सुनील शर्मालाई किन र के कारणले पक्राउ गरिएको भन्नेबारे आधिकारिक जानकारी लिइसकेपछि पार्टीले धारणा बनाउने बताए।
'कोही व्यक्ति जहाँ सुलभ सुविधा छ, त्यहीँ बसाइँ सर्छ। व्यवस्था ठीक नभएको ठाउँबाट एउटा मान्छे अन्त जान्छ भने यस विषयमा संघर्ष गर्ने एक व्यक्ति घट्छ र त्यो ठाउँको गुणस्तर अझै खस्किने अवस्था हुन्छ।'
सीआईबीले बिहीबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासँगै थप १४ जना डाक्टरलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीबीच जातीय आधारमा आपसी विद्वेष र घृणा फैलिए देशको अस्तित्व समाप्त हुने बताए।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
सांसद शर्मा पक्राउबारे सभामुख घिमिरेलाई अहिलेसम्म कुनै जानकारी नदिइएको उनको सचिवालयले जनाएको छ।
सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सीआईबीको टोलीले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको छ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरि दृढतापूर्वक उभिने बताए।
भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्यालीका क्रममा गोली हानी हत्या गरिएको छ।
'पार्टी अध्यक्ष राजनीतिक मुद्दामा कतिपटक जेल गइसक्नु भएको छ। उहाँ यस्ता कुराले डराउने होइन। तर जसपा र पार्टी नेतृत्वलाई समाप्त पार्न जुन षडयन्त्र चलिरहेको छ, पार्टी र अध्यक्ष त चिन्तामा हुन्छन् नि।'
यसैसाता फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए। एक वर्षको अन्तरालमा राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी अस्ट्रेलिया गइसकेका छन्।