AnonymousUser

Logout

उकालो साप्ताहिक ब्रिफिङ: सत्ता–प्रतिपक्षको खिचातानीमा पिल्सिएको संसद्

अघिल्लो हप्ता मिडिया ‘सुनकाण्ड’का विविध कोणबाट भएका चर्चाले रंगिएका थिए। त्यही सन्दर्भसँग जोडिएर संसद् अवरुद्ध भएका खबरहरू प्रमुखतासाथ छापिएका छन्। हेरौँ योलगायत यस हप्ताका प्रमुख खबर: 

सुनील शर्मालाई प्रतिशोध साँध्न पक्राउ गरियो: कांग्रेस सांसद घिमिरे

कांग्रेस सांसद श्याम घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए। 

नीति नहुँदा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषिमन्त्री भुसालले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्यालाई समाधान गर्न कृषिनीति बनाउने तयारी गरेको बताए।

मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्ने तयारी गरिरहेको बताएका छन्।

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल सञ्चालनको अनुमति दिएको छ।

प्रहरीद्वारा ५२ लाख नक्कली नोटसहित ९ जना पक्राउ

प्रहरीले काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ।

सुन व्यापारी राजेश अडुकियाका छोरा विमानस्थलबाट पक्राउ

सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

सरकार र गौर घटनाका पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति, संसदीय समितिमार्फत छानबिन गर्न माग

जसपा प्रवक्ता मनीष सुमनले गौर घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका छन्।

प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले सदनमा विरोध गर्‍यो: रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सत्ता पक्षका सांसदले सदनमा प्रमुख प्रतिपक्षलाई बोल्नै नदिनु संसदीय मान्यता विपरीत भएको बताएका छन्।

सदन नचल्दाको सेवासुविधा नलिने रास्वपाको घोषणा, संसद् सुचारुका लागि पहल गर्न सभामुखलाई पत्र

रास्वपा सभापति रवि लामिछानेले संसद्को कामकारबाही नचल्दाको सेवासुविधा नपाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयसमक्ष अनुरोध गरिएको बताएका छन्।

महिला औद्योगिक पार्क कसैले रोक्न सक्दैन: अर्थमन्त्री

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको र यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने मन्त्री महतको भनाइ छ।

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएपछि सत्तापक्षका सांसद पनि उठेर विरोध गरेका थिए।

ह्याम्स आँधीका कारण नर्वेमा जनजीवन अस्तव्यस्त, २ हजारभन्दा बढी नागरिक विस्थापित 

आँधीका कारण ८८.२ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति नष्ट भएको छ।  बाढी र पहिरोले ११४ स्थानमा सडक बगाएको छ। 

सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसद उभिएपछि राष्ट्रियसभा बैठक स्थगित

अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएपछि सत्तापक्षका सांसद पनि उभिएर बैठक अवरोध गरेका थिए। 

सदनको अवरोध खुलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिसँग मागे सहयोग

शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सदन सुचारु गर्न सभामुख र अध्यक्षले गरेका प्रयासबारे जानकारी लिएका थिए।

वैदेशिक रोजगारीका समस्या समाधानका लागि प्रस्ताव पेस गर्न प्रधानमन्त्रीको निर्देशन 

वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हित रक्षा गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

सुन तस्करी प्रकरण: थप २ चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। सीआईबीले बिहीबार सांसद डा. सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।

स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा

न्युजिल्यान्डको वेलिंटन स्टेडियममा भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको छ।

डेंगीबाट चितवनमा १ पुरुषको मृत्यु, ५३ जनामा संक्रमण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का डेंगी संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।