एमाले अध्यक्ष केपी शर्मा ओलीले भयावह ढंगले देशको अर्थतन्त्र, सुशासन, शासकीय, प्रशासकीय संरचना र मूल्यमान्यतामाथि प्रहार भइरहेको बताएका छन्।
मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरण बाहिर आइसकेपछि गृहमन्त्रीले नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा सदनमा आएर बोलेको भन्दै असन्तुष्टि जनाए।
एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग ओलीले दोहोर्याएका छन्।
वर्षाका कारण स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको छ।
‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ र केही रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
बाढी पीडितका लागि देशभर १०९ वटा आश्रयस्थल स्थापना गरिएको छ। १० हजारभन्दा बढी मानिसलाई उक्त आश्रय स्थलमा पुर्याइएको विपद् व्यवस्थापन विभागले जनाएको छ।
जुलाई २६ मा सेनाले सत्ता कब्जा गरी बन्धक बनाएपछि राष्ट्रपति बाजोम, उनकी श्रीमती र २० वर्षीय छोराको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ।
कर्णाली नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्ध कटान तीव्र पारेको छ। यहाँको तटबन्ध भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबानमा पर्ने सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र मधेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।
अल–नासरको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले ७४औँ र ९८औँ मिनेटमा गोल गरेका थिए।
मकवानपुर क्रिकेट संघको अध्यक्षमा करन महत्रा क्षेत्री निर्वाचित भएका छन्।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको छन्।
वरिष्ठ पत्रकार भैरव रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए। मानिसहरू जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने उनको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।
चर्चामा रहेका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा भट्टराईले जोड दिए।
फोटोग्राफर
नेपालको धेरै भिडभाड हुने ठाउँमध्येको एक हो, न्युरोड। जहाँ ७० वर्षीया मैयाँ श्रेष्ठले फोटो स्टुडियो सञ्चालन गरिरहेकी छन्। उनी ५४ वर्षकी भएपछि मात्र यो पेसामा लागेकी हुन्। त्यसअघि राष्ट्रिय वाणिज्य बैंकमा सहायक पदमा कार्यरत थिइन्। पहिले पसलमा ग्राहक धेरै आउँथे। अहिले क्यामरा, ल्यापटप र स्मार्टफोन सर्वव्यापी भए, जसले गर्दा ग्राहक पनि घट्दै गएको उनको अनुभव छ। तस्वीर: स्कन्द गौतम/फोटो लाइब्रेरी
झलनाथ खनालले आफ्नो पार्टीनिकट खेलकुद महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे एकीकृत समाजवादी सरकारमा बसिरहन जरुरी नभएको बताएका छन्।