डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा लगानी गर्नका लागि राम्रो अवसर रहेको बताएका छन्।
नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कार्यम हुनुपर्ने आवश्यकता औँल्याए।
संखुवासभाको जिल्ला कारागारमा भएको कैदीबन्दी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षागार्डविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।
भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका प्रहरी जवान कीर्तिबहादुर नेपालीको हेटौँडा अस्पताल उपचारका क्रममा मृत्यु भएको छ।
विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामको वातावरण कसरी निर्माण गर्ने भन्ने चुनौती रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका आफन्तलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतीकरणले महत्त्वपूर्ण योगदान गरेको मन्त्री बस्नेतले बताएका छन्।
शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले चार्लोट एफसीलाई ४–० गोलअन्तरले पराजित गरेको छ।
बिहीबार परिवारसँग निगुरो टिप्न घर नजिकैको जंगल गएका तामाङलाई करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो।
कैलालीको गोदावरी–४ भावरमा पहिरोले सडक बगाएपछि भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
'व्यक्तिको योग्यतामाथि मनपरी प्रश्न उठाउने हो भने प्रज्ञा प्रतिष्ठानको ६४ वर्षको इतिहासमा को–को योग्य प्राज्ञ भए एउटा मापदण्ड बनाएर खोजौँ न त। अनि, सबैभन्दा अयोग्य को रहेछ घोषणा गरौँ।'
कांग्रेस सांसद डा. सुनील शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको दाबी गरेका छन्।
सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्।
काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएसँगै कपनस्थित खहरे खोलामा डोजर चलेको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल नेकपा एमालेले आवेगमा सदन अवरुद्ध पारेको टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरका कारण सरकारले संसद्मा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।
कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन्।
काठमाडौँ जिल्ला अदालतले कांग्रेस सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।