दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको परिवारको आरोप छ। हत्याका दोषीलाई कारबाहीको माग राखेर सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका हुन्।
पाँच वर्षसम्म इटालीको फुटबल टिम सम्हालेका प्रशिक्षक रोबर्टो मान्सिनीले राजीनामा दिएका छन्। इटालीलाई युरोकप २०२० को उपाधि जिताएका उनले २०२३ को विश्वकपमा छनोट गराउन असफल भएका थिए।
युरोप भ्रमणमा जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको, तर पूर्वनिर्धारित कार्यक्रम भएकाले उता गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको अध्यक्ष नेपालले बताए।
जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन्।
यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकामा मुख्यालय रहेको मिस युनिभर्स अर्गनाइजेसन (एमयूओ)ले मिस युनिभर्स इन्डोनेशियासँगको सम्बन्ध तोडेको छ।
कागबेनीभन्दा माथि झोङमा पहिरो गएर खोला थुनिएको थियो। थुनिएको खोला अचानक खुल्दा बाढी आएको हो। कागखोला कागबेनी हुँदै बग्छ। कागबेनीका घरहरूमा लेदो पसेको छ।
आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। सोमबार बिहान ५:५१ बजेसम्म नारायणीको पानीको सतह सतर्कता तहमाथि नै छ।
सिजनको पहिलो खेलमा नै प्रतिस्पर्धा गरेका इंग्लिस प्रिमियर लिगका दुई चर्चित क्लब चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।
पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको र यस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भन्दै निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी काठमाडौँ महानगरले रहेको छ।
छलफलका क्रममा बैंकको ब्याजदर कम हुँदै गए पनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेका थिए।
'बाल संगठनलाई दीर्घकालीन नोक्सान पुग्ने गरी पटकपटक लिज सम्झौता गरिएको छ। यो सम्झौता गैरकानूनी पुष्टि हुँदा पनि खारेज गर्न नसक्नु बाल संगठनसँगै सरकारको पनि लापरबाही हो। मिलोमतोको आशंका छ।'
सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए।
माओवादी केन्द्रले संघीय मामिलामन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले घुस लिँदालिँदै इन्जिनियर चौधरीसहित दुई जनालाई पक्राउ गरेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा सरकार बदल्ने छलफल नभएको बताएका छन्।
आन्दोलन
निर्माण व्यावसायीहरूले ललितपुरस्थित सिँचाइ विभागमा ताला लगाएका छन्। आइतबार बिहान ताला लगाएर धर्ना दिने क्रममा प्रहरीले केही निर्माण व्यावसायीलाई पक्राउ गरेको छ। निर्माण व्यावसायी महासंघको नेतृत्वमा तेस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले धर्ना दिएका हुन्।
आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ।
आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतको भनाइ छ।
आइतबार सबैभन्दा धेरै निर्जीवन बीमा समूह २४१.५७ र होटल तथा पर्यटन समूह १०७.५० अंकले बढेका छन्।
बंगलादेशी नागरिकलाई बन्धक बनाइ उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।