संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।
आउँदाे शुक्रबार हुने थाइल्यान्डसँगकाे खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले नेपाली क्रिकेट टोलीलाई स्वागत गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा उनीमाथि आक्रमण भएकाे हाे।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा साना/ठूला कार चार्ज गर्न सकिनेछ।
यसअघि परीक्षा असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको थियो। परीक्षा शुल्कबापत प्रतिविद्यार्थी ६०० रुपैयाँका भदौ २२ गतेभित्र बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।
मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार विभिन्न कार्यक्रम गरि मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।
जिहादीले सन् २०१५ मा मालीमा आक्रमण गरेयता १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।
ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले जलवायुजन्य चुनौती सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र त्यसका लागि पहल गर्ने बताएका छन्।
काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ। यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
सांसदहरूले कानून न्याय तथा मानवअधिकार समितिले कारागारभित्र हुने गरेको मौलिक अधिकार र मानवअधिकार उल्लंघनका घटना अध्ययनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ११० मेगावाट गरी १८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारीपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए।