AnonymousUser

Logout

गृहमन्त्रीलाई गगनको प्रश्न– काठमाडौँमा एक्लै हिँड्न नमिल्ने हो?

महामन्त्री थापाले प्रधानमनत्री र गृहमन्त्रीले ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै जिम्मा लिएकाले धेरै बोल्ने नभई काम गरेर देखाउन ध्यानाकर्षणसमेत गराएका छन्।

कृषि गणनाको नतिजा: खेती गर्ने जमिन घट्यो, कृषक परिवार ६२ प्रतिशत

नेपालमा कृषि गर्ने जमिन भने घटेको पाइएको छ। नतिजाअनुसार नेपालमा २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि गरिएको छ। जुन २०६८ सालमा २५ लाख २५ हजार ६३९ हेक्टर थियो।

शुक्रकीट र डिम्बविना नै मानव भ्रूण बनाउन सफल भए वैज्ञानिक

यसले मानव उत्पत्तिको शुरूआती अवस्थाबारे बुझ्न थप सहयाेग पुग्ने वैज्ञानिकले बताएका छन्।

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएको थियो।

पर्व

पाल्पामा मनाइयो भगवती जात्रा

पाल्पामा ऐतिहासिक भगवती जात्राको रथयात्रा निकालिएको छ। नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा बिहीबार पाल्पामा विजयोत्सवस्वरूप भगवती जात्रा निकालिएको हो। नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा रथयात्रा निकालिएको हो। भगवती जात्रालाई सिन्दूर जात्राका नामले पनि चिनिन्छ। विद्यालय एवं विभिन्न संघसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा रथयात्रालाई भजनकीर्तन, पञ्चेबाजा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिन्छ गरिन्छ। विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ। तस्वीर: मनिष अर्याल

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउन जोड दिँदै यो कदम चालेको हो।

बालोन डी’ओरका लागि ३० खेलाडी मनोनयन, रोनाल्डो परेनन्

युरोपियन लिग खेल्ने खेलाडीको बाहुल्य रहेको सूचीमा स्टार फर्वार्ड लिओनेल मेस्सी र ट्रेबल विजेता एर्लिङ हालान्डलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। 

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरका प्रवक्ता नवीन मानन्धरले पुष्टि गरे।

प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला आयोगको १५औँ वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।

‘जी–२०’ जलवायु मुद्दाबाट पछि हटिरहेको राष्ट्रसंघीय जलवायु प्रमुखको आरोप

विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको करिब ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ। 

बंगलादेशमाथि पाकिस्तानको सानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।

मधेश र कोशीमा हावाहुरीसहित वर्षाको सम्भावना 

कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण : १७ जनाको मृत्यु, ३४ घाइते

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले निर्दाेष नागिरकमाथि आक्रमण गरेकाे भन्दै रुसकाे निन्दा गरेका छन्।

सहमहामन्त्री खुकुरी प्रहार प्रकरण : नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा 

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएकाे थियाे।

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

शिशुको अवस्था पनि गम्भीर छ। जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो। 

क्रिकेट पूर्वाधार र खेलाडीमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल

एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यासस्तर राम्रो बनाउन नसकिएकाे भन्दै सरकार र निजी निकायहरूले पूर्वाधार तथा खेलाडीहरूमा लगानी बढाउनुपर्ने उनले बताए।

मन्त्रालय र मन्त्रीहरूको लागि ‘जनक दरबार’ बनाउँदै मधेश प्रदेश

मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारका मन्त्रालय र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरू गरिने बताएका हुन्। 

साफ यू-१६ च्याम्पियनसिप : नेपाल जितविहीन रहँदै समूह चरणबाट बाहिरियो

चारपटक उपविजेता रहेको नेपाली टोली उपाधि जित्ने लक्ष्यकासाथ भुटान पुगेको थियो।

सुस्ताएकाे उद्याेग क्षेत्रलाई चलायमान बनाउन ललितपुरमा महिला उद्यमी मेला

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरू छन्।

कृष्ण जन्माष्टमी

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि घुइँचो लागेको हो। भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।