AnonymousUser

Logout

उत्तरी चीनस्थित रसायन कारखानामा ग्यास चुहिँदा १० जनाको मृत्यु

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्। 

‘चतुरबहादुर चन्द सुध्रिसक्नुभएको छ, अब पारस खड्कासँग मिल्नुपर्छ’

‘फेरि, क्रिकेटमा कालो बादल मडार्ने प्रयास भइरहेको छ। हामीले त्यो देखेका छौँ, तर किमार्थ हुन दिँदैनौँ। हामी मजबुत भएपछि चतुरजी क्यानको अध्यक्ष पुन: निर्वाचित हुनेमा ढुक्क भएर हिँड्नुभएको छ।’

निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार कटौती गरेको छैन: प्रधानमन्त्री

लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद्‌मा पठाउने निर्णय गरेको थियो।

थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरियो नेपाल

मलेसियाको बांगीमा जितका लागि १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो। 

सुन तस्करी प्रकरण: सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सफर पक्राउ

साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

फाइनल पुग्न नेपाललाई थाइल्यान्डको चुनौतीपूर्ण लक्ष्य

यस खेलको विजेता टोली आगामी वर्ष हुने आईसीसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ। 

निजामती सेवा दिवस: ४० कर्मचारीलाई पुरस्कृत गरिँदै

२०१३ भदौ २२ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने चलन छ। 

युरोकप छनोट: फ्रान्स, पोल्यान्ड र डेनमार्क विजयी

घरेलु मैदान पार्क डेस प्रिन्समा केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सलाई जित दिलाउन औरेलियन टिचौमेनी र मार्कोस थुरामले गोल गरे। 

झापाका विभिन्न स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

वर्षा जारी रहेका कारण मेची, विरिङ, निन्दालगायत अन्य साना खोलामा आकस्मिक बाढी आउनसक्ने र होचा भूभागमा डुबानसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।  

काठमाडौँ महानगरभित्र सञ्चालित ५० प्रतिशत सहकारीले बुझाएनन् विवरण

सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले विवरण पेश गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको बताए।

निजामती विधेयक संसद्मा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

कोशीका मुख्यमन्त्री पदमुक्त, एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत प्रक्रिया नै असंवैधानिक रहेको ठहर गर्दै उनलाई पदमुक्त गरेको छ। 

चिनियाँ राजदूतलाई सचेत गराउन संसदीय समितिको निर्देशन

 संसदीय समितिले नेपाल र भारतबीचको व्यापारका सम्बन्धमा चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिबारे आवश्यक जानकारी लिएर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

सन्दीपविरुद्धको मुद्दामा पुनः पीडितको जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश

अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनः पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ। 

शेयर बजारमा राष्ट्र बैंकको नियमनबाट परेको प्रभावबारे आवश्यक संवाद भइरहेको छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर कर्जा सहज बनाउन, सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका दाबी गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट कविलाई पुरस्कार प्रदान

राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार पुरस्कार प्रदान गरेका छन्।

प्रधानमन्त्रीले सदनलाई महत्त्व नदिएको एमाले सांसद पन्तको आरोप

भारततर्फ संकेत गर्दै सांसद पन्तले नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने अजेन्डालाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने बताए।

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको ‘रुलिङ’

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण र कान्ति बाल अस्पतालको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।

पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्छ: कांग्रेस

कांग्रेस प्रमुख सचेतक लेखकले पार्टी सहमहामन्त्री यादवमाथि आक्रमणको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्।

बाँदर–बँदेलले पुर्‍याएको क्षतिको पूर्तिसहित दीर्घकालीन समाधान खोज्न कृषि समितिको निर्देशन

कृषि समितिले कोदोखेतीको उत्पादन तथा प्रवर्द्धन गर्ने सन्दर्भमा सरकारका के कस्ता कार्यक्रमहरू रहेका छन् भन्ने सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ।