AnonymousUser

Logout

कुलपति भूपाल राईको एकल कविता वाचन 'यारी' सम्पन्न

भरतपुरमा आयोजित एकल कविता वाचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, कवि भूपाल राई आफ्नो ‘यारी’ कविता संग्रहमा संगृहीत करिब एक दर्जन कविता सुनाए।

समानताको नाममा नकारात्मक कुरामा पुरुषले जस्तै गर्नुपर्छ भन्ने प्रतिस्पर्धा बढ्यो: मन्त्री शर्मा

मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्।

१८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी : अग्नि सापकोटा

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए।

अटिजम भएकाहरूका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरूको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सिर्जना गर्ने बताए।

युवाको भविष्यबारे नसोची देशमा परिवर्तन सम्भव छैन: प्रधानमन्त्री

युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

तीनकुने सामूहिक हत्या प्रकरण: अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन

तीनकुने हत्या प्रकरणको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।

प्रधानमन्त्री दाहाल न्युयोर्क जाँदै, असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने 

महासभामा प्रधानमन्त्री दाहालले विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति र समृद्धिका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिनेछन्। 

ईयू र चीनबीच व्यापारिक तनाव: कुनै पनि देशसँग डराउन नहुने फ्रान्सको भनाइ

ईयू विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक भएकाले डराउनु नपर्ने फ्रान्सका अर्थमन्त्रीले जनाएका छन्।  

एशिया कप: बंगलादेशसँग भारत ६ रनले पराजित

ओपनर शुभमन गिलले १२१ रनको शतकीय इनिङ्स खेले पनि भारतलाई जिताउन सकेनन्। १३३ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए। 

काठमाडौँको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ पक्राउ

गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पेट्रोल प्रतिलिटर १ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।

शनिबारको मौसम: हावाहुरीसहित वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ। 

पशुपतिमा मारवाडी सेवा समितिले भोगचलन गर्दै आएको भवन–जग्गा आफूलाई उपलब्ध गराउन काठमाडौँ महानगरको पत्र

उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।

एन्फा अध्यक्ष र महासचिवविरुद्ध दर्ता भएकाे पत्रमाथि वैधानिकताको शंका

बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र आफूविरुद्ध दर्ता गरेको बर्खास्तीको पत्र वैधानिक नभएकाे भन्दै महासचिव किरण राईले अखिल फुटबल संघ एन्फाको अनुशासन कमिटीमा पठाएका छन्।

हिनामिना भएको बाल संगठनको सम्पत्ति सरकारले फिर्ता ल्याउँछः मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाल बाल संगठनको हालसम्म हिनामिना भएको सम्पत्ति जसरी पनि सरकारले फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्। 

उकालाे साप्ताहिक ब्रिफिङ: सुनकाण्डकाे 'प्रगति विवरण', असुरक्षित डाक्टर र बालेन टाइम्स 

याे साता नेम्वाङकाे निधन, सुन तस्करीसम्बन्धी सीआईबीकाे अनुसन्धान प्रतिवेदन, डाक्टर कुटिए, मेयर बालेन्द्र टाइम म्यागेजिनको १०० उदयीमान नेताकाे सूचीमा लगायतका खबर मुख्य हेडलाइन बने

धसिएर काम गर्ने डाक्टरमाथि हमला हुँदा समाजलाई नै हानि

चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ।

संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगर्ने

शुक्रबार बसेकाे मन्त्रीपरिषद्को बैठकले कर प्रणाली सुधार गर्न समिति गठन गर्ने, नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेकाे छ।

काठमाडाैँ महानगर र बागमती क्रिकेट संघबीच सहकार्य: ५० नयाँ प्रशिक्षकलाई तालिम दिइने

स्थानीय सरकारकाे दायित्व भनेकाे स्थानीय जनतालाई खेल्ने वातावरण बनाउने पनि भएकाे भन्दै मेयर शाहले यस्ताे सहमति भएकाे जनाएका छन्।

नदीजन्य पदार्थ निकासीको निर्णयप्रति नागरिक आन्दोलनको आपत्ति, खारेज गर्न माग

तराई–मधेशमा माटोको गुणस्तरमा ह्रास, माटोको क्षयीकरण र भूमिगत जलाधारमा संकुचन आउँदा नेपालको ठूलो उर्वर भूमि मरुभूमीकरणको चपेटामा पर्ने जोखिम बढेको रहेको विज्ञप्तिमा उल्लेख छ।