AnonymousUser

Logout

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौं : प्रधानमन्त्री दाहाल

सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने: माधवकुमार नेपाल 

कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने अध्यक्ष नेपालको दाबी छ।

अफ्रिकी संघलाई जी–२० को स्थायी सदस्यता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी–२० शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।

पाइपलाइन परियोजना: चैतदेखि पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी

पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ।

विश्वकप छनोट: ब्राजिल र उरुग्वेको विजयी शुरूआत

ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे।

बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गरेका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: ‘मेगा प्रोजेक्ट’तन्त्र, अदालतको कागज मोह

यो हप्ता अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा वादीको जन्ममितिसम्बन्धी अभिलेख झिकाउन दिएको आदेश, कृषि समिति सभापति आरजु देउवा राणाको बाँदरको संख्या घटाउने उपायसहित यी खबरले बनाए हेडलाइन।

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।

बजेट अभावले महाकाली पुल निर्माणको अवधि लम्बिँदै

महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताए।

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय होः सञ्चारमन्त्री

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय भएको र यसमा धेरै चर्चा गर्न आवश्यक नभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाइ छ।

शिक्षा समितिले चिकित्सा शिक्षा क्षेत्रका समस्या अध्ययन गर्न कार्यदल बनाउने

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गर्दै सरोकारवालासँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए।

निजामती कर्मचारीले सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल 

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको पनि उनले बताए।

आरती साह प्रकरण : सरकारलाई मृत घोषित गर्दै ११ जनाले गरे कपाल मुण्डन (तस्वीरसहित)

धर्ना बसेको ८५ दिन पुग्दा पनि घटनाकाे छानबिन गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले विराेधस्वरूप कपाल मुण्डन गरेका हुन्।

आईटी क्षेत्रमा लगानी भित्र्याउन शिखर सम्मेलन गर्ने अर्थमन्त्री महतको घोषणा

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी नेपालमा भित्र्याउने गरी ‘लगानी समिट’ आयोजना गर्ने लागिएको बताए।

ताप्लेजुङमा प्रहरीविरुद्ध कांग्रेस कार्यकर्ताको प्रदर्शन, ५ राउन्ड हवाई फायर

कांग्रेस कार्यकर्ताले शुक्रबार बिहानैदेखि सदरमुकाममा प्रदर्शन शुरू गरेका थिए। दिउँसो प्रदर्शन अराजक बनेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए। 

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँ कायम भएको थियो।