AnonymousUser

Logout

सुवास नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। संविधान निर्माण प्रक्रियामा गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, असोज २ गते श्रद्धाञ्जलीसभा गर्ने

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्नेसमेत निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

बीपी साहित्य महोत्सवअन्तर्गत मंगलबारको कार्यक्रम स्थगित

मंगलबार स्थगित भएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने कांग्रेसले जनाएको छ।

लेखक तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन

पराजुलीका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्। 

मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन

पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। 

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।    

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने

मन्त्रिपरिषद् बैठक बसेर संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ।

सुवास नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो: ओली 

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने ओलीले उल्लेख गरेका छन्।

एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक, महासचिव पोखरेल चीनबाट फर्किँदै

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि सचिवालयको आकस्मिक बैठक बस्न लागेको हो। 

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

नेम्वाङको निधनप्रति शीर्ष नेताद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्। 

एशिया कप: भारतसँग पाकिस्तान २२८ रनले पराजित 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल तयार पारेको थियो।

नेम्वाङको पार्थिव शरीर बुधबारसम्म पार्टी कार्यालयमा राखिने 

मंगलबार राति १:३० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए।

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन 

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि  उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो।

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोजदेखि सञ्चालनमा

करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउने भएका छन्। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ।

लुकाएर राखेकाे ८०० किलाे काजु बरामद

भन्सार छलेर भारतबाट ल्याइएकाे काजु सशस्त्र प्रहरीले बरामद गरेकाे हाे।

सगरमाथामा पुग्ने पहिलाे जाेडी ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्दै

नेपाल पर्वतारोहण संघले उनीहरूको याे यात्राले नेपालको पर्यटनको प्रचार हुने जनाएको छ।

कलंकी–बसुन्धरा चक्रपथ विस्तार (तस्वीरमा)

चक्रपथ विस्तारकै दोस्रो चरणमा रहेको कलंकी–बसुन्धरा सडकअन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको छ।  

गृहका १० सहसचिवको सरुवाः अध्यागमनको डीजीमा तामाङ, ६ जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले १० वटा सहसचिवकाे जिम्मेवारी हेरफेर गरेकाे हाे।

म्यानमारसँग नेपाल पराजित

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १-० गोलअन्तरले पराजित भएको हाे।