वर्षाका कारण खेल प्रभावित भएपछि २३ ओभरमा झारेर खेलिएको थियो। त्यसपश्चात् भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा भेट्टायो।
एशिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र भारतबीचको खेल २३ ओभरमा झारेर पुनः शुरू भएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताएका छन्।
एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले परियोजनाको निरीक्षणका लागि पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिए।
एशिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।
भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली क्रिकेटलाई भारतले घरेलु संरचनामा समेट्दै अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।
एमाले सचेतक बर्तौलाले चीनले नयाँ नक्सामा नेपालको नक्सा पनि समेट्दा पुरानैलाई मान्यता दिनु दुःखद भएको बताए। उनले सरकारले कूटनीतिक माध्यमबाट सच्याउनका लागि पहल गर्नुपर्ने बताए।
एशिया कपअन्तर्गत नेपाल र भारतबीचको वर्षाको कारण रोकिएको खेल फेरि खेलाउने तयारी गरिएको छ।
अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
नेपाली ओपनर आशिफ शेखले ५८ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्नेक्रममा ७ चौका प्रहार गरे।
एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध जारी खेलमा अहिले नेपालका गुलसन झा र आशिफ शेख क्रिजमा छन्।
कुवेतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो।
कानूनमन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको बताए।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।
नेपालले भारतविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन्।
कांग्रेस सांसद रामहरि खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर बोल्न अनुरोध गरेका छन्।
सरकारले नागरिकका सरोकारको विषयमा बेवास्ता गरिरहेको एमाले सचेतक महेश बर्तौलाको आरोप छ।
मंगलबारदेखि इजिप्टको कायरोमा शुरू हुन लागेको जनसंख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत इजिप्ट गएका हुन्।
कुनै गुनासो भए जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले अनुराेध गरेकाे छ।
बैठकमा मन्त्री ज्वालाले सम्बन्धित निकायबीच समन्वय नहुँदा सडककाे बेहाल भएकाे बताए।