देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखा पर्न थालेको माओवादी केन्द्रको निष्कर्ष छ।
घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मृतकका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।
सिमानादेखि नेपालतर्फ ३० किलोमिटरसम्म बसोबास गर्ने स्थानीयलाई सीमा प्रवेशपत्र प्रदान गरिएको हो। नाका सुचारु भए उनीहरू तिब्बतको रिउ बजारसम्म आउजाउ गर्न पाउँछन्।
बिहीबार बिहान सात बजेतिर नदीमा नुहाउन गएका कैलाली धनगढी– ३ मिलनचोकका पंकज दाहाल र भारत आसामका १९ वर्षीय भोजराज अधिकारी बेपत्ता भएका छन्।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज विरुद्धको दिवस मनाउने गरिन्छ। रेबिज रोकथाम र यस रोगविरुद्ध भइरहेको प्रगतिको जागरूकता जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
मालोर्कासँग बराबरीमा रोकिएको बार्सिलोना तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाको सात खेलबाट १७ अंक छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।
पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोस्राे हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे। ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौँ भए।
फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनको माग गर्दै धर्नामा बसेका अभियन्ता ई र काठमाडौँ महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको हाे।
साथै स्वास्थ्य सेवा पाउनु सबै नागरिककाे नैसर्गिक अधिकार भएकाे भन्दै आफ्नो सेवा नराेक्न पनि सबै अस्पतालहरूलाई आग्रह गरेकाे छ।
अनौठो हरकत गरिरहेका भेडाहरूलाई के भएछ भनेर बुझ्दै जाँदा बल्ल गोठालाले कारण थाहा पाए।
उपाधिका लागि अब भारतले शनिबार पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान सडनडेथमा भुटानलाई ६–५ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो।
यस्तै, बैंकबाट सुन खरिद गर्ने सुन व्यवसायीहरूले उक्त सुन बिक्री तथा आफूले उपयाेग गरेकाे विवरण महिना सकिएकाे ७ दिनभित्र सम्बन्धित बैंकमा बुझाउनुपर्नेछ।
आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले ग्रिन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ।
त्रिपुरेश्वरस्थित दशथरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको हो।
सम्मान गरिएका व्यक्ति दोस्रो विश्वयुद्धमा नाजी पार्टीको अभिन्न अंग एसएस (स्कुत्जस्टाफेल)का तर्फबाट सहभागी भएको तथ्य यहुदी मानवअधिकार सम्बन्धी समूहहरूले बाहिर ल्याएका थिए।
उनले आफूले नचाहँदा नचाहँदै पनि आफ्नो नाम राखेर कसैले व्यवसाय गरेकाे र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको भन्दै सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको दाबी गरेका छन्।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको थियो।