भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर तोडफोड तथा झडप भएपछि त्यहाँकाे अवस्था बुझ्न आयाेगले अनुगमन थालेकाे हाे।
जानकारी नै नदिएर कर्मचारीको सरुवा गर्दा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएकाे छ।
निर्माणाधीन अपार्टमेन्टको सँधियार जोडिएको क्षेत्रमा पर्खाल भत्काउने र छिमेकीको घर हल्लिने गरी डोजर चलाउने कार्य रोक्न निषेधाज्ञा मागेर स्थानीय अवन्तिका रेग्मीले अदालतमा निवेदन दिएकी थिइन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा.गाैरीशंकरलाल दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन
पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे भने महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्।
इन्द्रजात्रा
काठमाडौँमा मंगलबारदेखि इन्द्रजात्रा शुरू भएको छ। हनुमानढोका दरवार स्क्वायरमा १०ः३७ मा इन्द्रध्वज उत्थान गरेपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाउने गरिन्छ। यसलाई काठमाडौँमा मनाइने सबैभन्दा ठूलो, रमाइलो र महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ।
राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको उनकाे भनाइ छ।
आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकमाथिको हातपात बढीरहेकाले याे कुरा सह्य नभएको भन्दै उनले पार्टी परित्याग गरेका छन्। यहीबीच अस्पतालले पनि विज्ञप्ति जारी गरेकाे छ।
शक्ति र पहुँचका भरमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्।
मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको छ।
मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ।
यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी असाेज १८ गतेका लागि बस्ने जानकारी दिएको छ।
चिकित्सकहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।
अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जुडोतर्फ पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल काजकिस्तानका खेलाडीसँग र महिला ७८ केजीमाथि आकृति जोशी उज्बेकिस्तानका खेलाडीसँग पराजित भए।
महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।
४५ जना यात्रु सवार बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको छ।
मैवाखोला गाउँपालिकाले एक करोड ५० लाख ५३ हजार रुपैयाँ लागतमा अस्थायी एकीकृत आवास निर्माण गरी पहिरोबाट पिडीत परिवारलाई स्थानान्तरण गरेको छ।
मंगलबार बिहानसम्म आयोजक चीन ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा छ।