AnonymousUser

Logout

पद्मा ब्रिज निर्माणमा संलग्न नेपाली इन्जिनियरको अनुभूति– ‘नेपालमा ठूला आयोजनामा राजनीति नै बाधक छ’

व्यक्तिगत रूपमा नेपालका इन्जिनियरहरूको क्षमता एकदमै राम्रो छ। हामीकहाँ राम्रो नतिजा नआउनुको पछाडि यहाँको संगठनात्मक संरचना, काम गर्ने वातावरण आदिलाई हेर्नुपर्छ। मेरो विचारमा यो सबै राजनीतिसँग जोडिन्छ।

रिगलको कैद माफी मिनाहा गर्नुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रिटलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

संसद्लाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो नबनाऔँः सांसद सापकोटा

सांसद माधव सापकोटा समाजलाई अनुशासित बनाउन सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृङ्खलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए।

यही रूपले जनता भाग्ने हो भने १०–२० वर्षपछि देश रित्तै हुन्छ– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे। 

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक 

पहिचान पुरस्कार कोषले २०७९ सालको पुरस्कारका लागि उत्कृष्ट ८ कृतिको सूची सार्वजनिक गरेको छ।

पर्यटनमन्त्री भन्छन्– रेस्टुरेन्ट चलाउने र हवाईजहाज चलाउने ऐन एउटै छ

पर्यटनमन्त्री किरातीले चिनियाँ जहाजका सम्पूर्ण सामानहरू नपाउँदा घाटा लागेको भन्दै यसको निकासका लागि पटक–पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए।

कैद माफी मिनाहाबारे सरकारले जवाफ दिनुपर्छ: गगन थापा

कांग्रेस सांसद गगन थापाले कानूनी छिद्र प्रयोग गरी गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद माफी मिनाहा गरिएको भन्दै विरोध जनाएका छन्।

चिनियाँ जहाजको विवरणसहित उपस्थित हुन पर्यटन मन्त्रालयलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम

आयोगले सुन तस्करीसम्बन्धी विभिन्न विषयमा कात्तिक १६ गतेसम्म सूचना र सुझाव संकलन गर्ने जनाएको छ।

नेपालको जीडीपी वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने विश्व बैंकको अनुमान

नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको अनुमान छ। मुद्रास्फीति सन् २०२४ मा ७.५ र २०२५ मा ६.४ प्रतिशत रहने अनुमान छ। 

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली टिम पहिलो क्वार्टरफाइनलमा मंगलबार भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

काठमाडौँबाट साउदी उडेको नेवानिको विमान बीचबाटै फर्कियो, प्राविधिक जाँच हुँदै

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानको ‘टिकास उपकरण’मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो।

एशियाली खेलकुद: १ हजार २०८ पदकको छिनोफानो

चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ। 

च्याम्पियन्स लिग: म्यान्चेस्टर सिटीको सहज जित

जितपछि सिटी २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। लाइपजिग दोस्रो स्थानमा छ।

सिक्किममा बाढी: १४ जनाको मृत्यु, १२० भन्दा बढी बेपत्ता

राङ्पो र आसपासका क्षेत्रका छ हजारभन्दा बढी बाढी प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको सिक्किम सरकारले जनाएको छ।

चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सामाजिक सद‍्भाव बिथोल्ने गतिविधि नियन्त्रण गर्नेबारे राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायत राष्ट्रिय सुरक्षासँग सम्बन्धित घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएकाे छ।

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आह्वान

बिहीबार बिहानका लागि बोलाइएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएको छ।

नेपालगन्ज घटनाः गृहमन्त्रीलाई साढे तीन महिनाअघि नै दिइएको थियो सूचना

सद्‍भाव बिथोलिनेखालका घटनाक्रम तीव्र बनेपछि मंगलबारदेखि कर्फ्यु लगाइएको नेपालगन्जमा सद्‍भाव बिथोल्न केही समूह सक्रिय रहेको सूचना साढे तीन महिनाअघि नै गृहमन्त्रालय पुगेको थियो।

ईपीजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुंगाेमा पुर्‍याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे।