दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका एक डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई पनि अस्पतालमा खटाउने गयारी गरिएको छ।
कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया थालिएको अस्ट्रेलियाको व्यापार एवं पर्यटन मन्त्रालयले जनाएको छ।
हत्यामा संलग्न रहेको आशंकामा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा गरेको फैसलाको पूर्णपाठमा जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आमाको नाम मात्र राखेर पनि नागरिकता दिन भनिएको छ।
दशरथ रंगशालामा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो। यसअघि माल्दिभ्सलाई हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।
वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।
एशियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कोही पनि नेपाली खेलाडीले जित हासिल गर्न नसकेपछि समूह चरणमा नै यात्रा टुंगिएको छ। त्यसैगरी, महिला थ्री बाइ थ्री बास्केटबलमा पनि नेपाल पराजित भएको छ।
श्रेष्ठ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा शान्ति तथा पुनः निर्माण, पर्यटन र खेलकुद मन्त्री भएका थिए। उनले २ करोड ४५ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको अख्तियारको दाबी थियो।
चिकित्सकले बिरामीको अवस्थाबारे जानकारी नदिइ एकैपटक मृत्यु भएको घोषणा गरेको भन्दै आफन्त कुटपिटमा उत्रिएका छन्। अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ।
मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैसँग राखेका छन्।
साफ यू–१९ प्रतियोगितामा माल्दिभ्सले नेपाललाई अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २०१५ मा नेपालमा आयोजना भएको पहिलो संस्करणको साफको उपाधि नेपालले जित्दा माल्दिभ्स समूह चरणबाटै बाहिरिएको थियो।
फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले फार्मासिस्ट भनेर नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको पनि बताए।
विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारेर गैँडा मारी खाग काटेको अभियोगमा उनीहरू फरार रहेका थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाएको हो।
सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो।
उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक तथा नेपाल शिक्षक महासंघ र सरकारबीच सम्झौताको विरोध गर्दै आन्दाेलन जारी राखेका छन्।
जग्गाप्रसाद जैसवाल नाम गरेका ती व्यक्तिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको परेको प्रहरीले जनाएको छ।
अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्।
राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको साेमबार दिउँसो उद्घाटन कार्यक्रम रहेको छ।